स्व निर्भर दलले मंग्पूमा दुई दिने माघे मेला गर्ने

मंग्पू | केशर मोक्तान: धेरै वर्षपछि  फेरि मंग्पूमा माघे मेला लाग्ने जानकारी रहेको छ | २६ नोभेम्बर सोमबारको दिन मंग्पूको रविन्द्र भवनमा क्षेत्रका तिनैवटा ग्राम पंचायतहरुका स्व निर्भर दलहरु  ( लाब्दा ग्राम पंचायत, रेशेप् ग्राम पंचायत अनि रोंग्चोंग ग्राम पंचायत) बसेको बैठकले आगमी १४ अनि १५ जनवरी २०१३ को दिन मंग्पूमा प्रदर्शनी माघे मेला आयोजन गर्ने निधो गरेको छ | तीनैवटा ग्राम पंचायतबाट मोठ १७८ वटा स्व निर्भर दलले तक्दाह खण्ड बिकास कार्यलयको निर्देशन अनुसार उक्त मेला आयोजन गर्ने भएको  थाहा लागेको छ | सभाले मेला आयोजन कमिटिको गठन गर्दै  कमिटिमा सभापति गोपीमाया तामांग सचिव ध्यानचन्द्र  तामांग चयन गरेको छ भने कोषाध्यक्ष्यको रुपमा तीनैवटा ग्राम पंचायतबाट क्रमैले अर्पण गुरुङ रोंचोंग ग्राम पंचायत, रेखा राई रेशेप ग्राम पंचायत अनि दिपेन तामांग लाब्दा ग्राम पंचायतबाट चयन गरिएको छ | 
यस प्रदर्शनी मेलामा सबै स्व निर्भर दलहरुद्वारा तयार पारिएको सामग्रीहरुको प्रदर्शनी गरिने भएको छ भने निष्क्रिय समुहहरुलाई सक्रिय पार्ने साथै स्व निर्भर दल द्वारा निर्मित सामग्रीहरुको बजार बिक्री बढाउने मेलाको मुख्य उदेश्य रहेको बताएको छ |

धेरै वर्षपछि फेरि मंग्पूमा माघे मेला लाग्ने जानकारी रहेको छ | २६ नोभेम्बर सोमबारको दिन मंग्पूको रविन्द्र भवनमा क्षेत्रका तिनैवटा ग्राम पंचायतहरुका स्व निर्भर दलहरु ( लाब्दा ग्राम पंचायत, रेशेप् ग्राम पंचायत अनि रोंग्चोंग ग्राम पंचायत) बसेको बैठकले आगमी १४

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.