कालेबुङ, 25 नोभेम्बर। गोर्खा जनमुक्ति
मोर्चा (गोजमुमो) पार्टीको भातृ संगठन युवा
मोर्चाले बिपक्षी पार्टीका नेताहरुलाई दिएको धम्किपूर्ण बयानबाट सुरु भएको वाक
युद्ध थामिने कुनै छाँट देखा परेको छैन। युवा मोर्चाले पहाडमा शान्ति श्रृङखला बिगार्ने
प्रायास गरिरहेको आरोप लगाउँदै तृणमूल कङग्रेस पार्टीका नेता छेवाङ भोटियाले प्राथमिकी
दर्ता गरेपछि जवाबम युवा मोर्चाले पनि तिनी बिरुद्ध प्राथमिकी दर्ता गरिसकेको छ।
सोहि सिलसिलामा आज मोर्चाकै भारतृ संगठन बिद्यार्थी मोर्चाले पनि तृणमूल नेता
छेवाङ भोटिया माथि तिखो प्रतिक्रिया जनाएको छ। यहाँको गोजमुमो पार्टी कार्यलयमा
आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिद्यार्थी मोर्चाका उपाध्यक्ष दिप
थापाले परिक्षाको समयमा बिपक्षी पार्टीका नेताहरुले अशान्ति फैलाउँने कार्य
गरिरहेको आरोप लगाए। “पहाडका बिद्यालयहरुमा अहिलेघरी परिक्षा सञ्चालन भईरहेको छ।
यस्तो परिक्षाको समयमा बिपक्षी पार्टीका नेता छेवाङ भोटियाले पहाडको वातावरण
बिगार्ने कार्य गरिरहेको छ। यदि पहाडमा परिक्षाको समय अशान्ति भए तृणमूल नेता
छेवाङ भोटिया जिम्मेवारी हुनेछन” दिप थापाले भने। “छेवाङ भोटिया तृणमूल पार्टीको
हो कि गोरामुमो पार्टीको ? यदि तृणमूल कङ्ग्रेसकै हो भने त्यहीँ पार्टीले दिएको
जीटीएको किन बिरोध गर्दैछ ?” – गोजबिमो उपाध्यक्ष दिप थापाले प्रश्न गरे। तिनले
छेवाङ भोटिया पहिले गोर्खालिगमा हुँदा छैटौ अनुसूचिको बिरोध गरिरहेको बताउँदै आज
त्यहीँ छैटौ अनुसूचिको तिनले कुन आधारमा समर्थन गरिरहेका छन। जबकी तृणमूल कङ्ग्रेस
पार्टी प्रमुख ममता ब्यानर्जीले भने पहाडको निम्ति जीटीए दिएकी हुन भन्दै छेवाङ
भोटियाले जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाए। तिनी अहिले आफ्नै
पार्टीको बिरुद्धमा बोल्ने कार्य गरिरहेको दाबी गर्दै आफ्नै पार्टीको सम्मान गर्न
नजान्ने नेताहरु समाजमा बस्न समते योग्यको नरहेको थापाले जनाए। तिनले छेवाङ भोटिया
पेपर टाईगर हुन भन्दै मिडियामा भाषण दिएर मात्र नहुने बताउँदै यदि आँट छ भने
तृणमूल कङ्ग्रेसको आफ्नै ठाउँ पेदोङमा जनसभा गरेर देखाउँनु भनि तिनले चुनौति दिए।
Post a Comment
We love to hear from you! What's on your mind?