लाटपन्चरको घटनामाथि प्रसासनले एकतर्फी नीति अप्नाएको आरोप

GJMM Flag
मङपु६सेप्टेम्बर(निस): गत मंगलबार बेलुकी लाटपन्चरमा टी.एम.सी. समर्थक अनि मोर्चा समर्थकहरु माझ भएको झडप पछि दुवै दलको पक्षबाट स्थानीय पुलिस पोस्टमा प्रथामिकी दर्ता गरिएता पनि प्रशासनले भने एकतर्फी  नीति अप्नाएर तृणमूल पार्टीको पक्षमा कार्य गरिरहेको आरोप मोर्चाले लगाएको छ | प्रसासनले एक तर्फी कर्वाही गर्दै त्यस क्षेत्रमा अशान्ति गराउने कार्य गरेकोमा मोर्चा मङपु जोनले घोर भत्सर्ना जनाएको छ | अहिलेको गणत्रन्त्रीक पदतीमा चलिरहेको आन्दोलनलाई राज्यका मुख्यमन्त्री ममता पहाडमा चढेर अशान्ति बनाउने कार्य गरेको गोजामुमो मङपु जोन सचिव रतन लामाले आरोप लगाएको छ | ममताको उदेश्य नै यहाको शान्तमय वातावरणलाई धमिलाउनु अनि पहाडमा भएको एकतालाई टुक्राउनु रहेको छ जसको प्रतिफल लाटपन्चरमा  घटेको घटनाले स्पष्ट भएको छ भनि सचिवले बताए | उक्त लाटपन्चर घटनाको मुल षड्यन्त्रकारी शारदा सुब्बा रहेको अनि सुब्बाले नै पहाडमा बिभिन्न प्रपोकाण्ड गरि मोर्चालाई बदनाम गराउने पक्षमा नै उक्त घटना घटेको लामाले जनाए | त्यस दिनको घटनामा दुई पार्टीको पक्षबाट पुलिस प्रसासन समक्ष प्रथामिकी दर्ता गरिए तापनि प्रसासनले दोषीहरु बिरुद्द कर्वाही गर्ने क्रममा केवल गोजामुमो कार्यकर्तालाई मात्र तारो बनाएर पक्राऊ गरेकोमा प्रसासनले पनि तृणमूल पार्टीको कार्यकर्ता जस्तो भएर काम गरेको भान हुदैछ भनि सचिव लामाले बताए | यसैले बंगाल सरकारको कालो र दमन नीतिको  विरुद्धमा मोर्चा मङपु जोनले घोर भत्सर्ना जनाएको छ |

गत मंगलबार बेलुकी लाटपन्चरमा टी.एम.सी. समर्थक अनि मोर्चा समर्थकहरु माझ भएको झडप पछि दुवै दलको पक्षबाट स्थानीय पुलिस पोस्टमा प्रथामिकी दर्ता गरिएता पनि प्रशासनले भने

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.