निर्दोष व्यक्तिहरुलाई पक्राउ गरिए मोर्चाले सामुहिक गिराफ्तारी दिने

Gorkhaland
सिटोङ, ८ सेप्टेम्बर: लाटपन्चर काण्डबिषय पुलिसले एकतर्फी कार्यवाही गरेको अनि मोर्चाका निर्दोष  समर्थकहरुलाई पक्राउ गर्नका  साथै जनसाधारणवर्गलाई आतंकित गरिरहेको आरोप गोर्खा जनमुक्ति युवा अनि नारी  मोर्चा लाटपन्चर खण्ड समितिले लगाएको छ |  सरोज बराइलीको सभापतित्वमा नारी औ युवा मोर्चाले आज डाकेको संयुक्त सभामा वक्ताहरुले उक्त प्रकारको आरोप लगाउदै पुलिसले मोर्चाका निर्दोष कार्यकर्ताहरुलाई पक्राउ गरे नारी औ युवा मोर्चाका सम्पूर्ण कार्यकर्ताहरुले पुलिस थाना घेराउ गर्दै सामुहिक गिराफ्तारी दिने कुरा बताएको युवा मोर्चा खण्ड समिति सभापति बिदेन्द्र बस्नेतले बताएका छन  |  बस्नेतले जानकारी गराए अनुसार लाटपन्चरको गत घटनालाई लिएर पुलिस प्रशासनले निस्पक्ष जाँच गर्ने माग गर्दै सभामा घटनाको कारक तत्व तृणमुल कांग्रेसका  क्याडरहरु नै हुन भनी आरोप लगाउदै तिनीहरु बिरुद्द पनि पुलिसले कारवाही गर्नु पर्ने माग गरिएको थियो | घटनाको लगत्तै पछि तृणमूल कार्यकर्ता बिरुद्द पनि मोर्चाको तर्फबाट  पुलिसमा प्राथमिकी दर्ता गरिएको थियो तर मोर्चा कार्यकर्तामाथि मात्र कार्यवाही भइरहेको मोर्चाको गुनासो रहेको छ | सभामा सम्बोधन गर्दै सभापति सरोज बराइलीले तृणमुलका कथित सङ्गठनहरुले मोर्चाको आन्दोलनमा भाजो हाल्ने काम गर्नका साथै मोर्चालाई बदनाम गर्ने प्रयत्न गर्दै पहाडमा अशान्ति सिर्जना गरिरहको छ भनी आरोप लगाए | मोर्चाको लक्ष्य गोर्खाल्याण्ड गठन भएकोले मोर्चाले बिपक्षी पार्टीहरुसित संघर्ष गरेर समय नष्ट गर्ने कदापी चाहदैन भनी तिनले बताए | सभामा युवा मोर्चाका राजीव छेत्री,  नारी मोर्चाकी अन्जना बराइली,  कर्मचारी सङ्गठनका विकास राई, जिपिटिओका सन्तकुमार खवास आदिले पनि सम्बोधन गरेका थिए | सभामा वर्तमान आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएर लैजाने कुरामा जोड दिदै, यस पल्टको आन्दोलनलाई कुनै प्रकारको व्यवस्थामा बिराम दिनु नहुने कुरामा बक्ताहरुले जोड दिए  | सभालाई बिदेन्द्र बस्नेतले सन्चालन गरेका थिए |

लाटपन्चर काण्डबिषय पुलिसले एकतर्फी कार्यवाही गरेको अनि मोर्चाका निर्दोष समर्थकहरुलाई पक्राउ गर्नका साथै जनसाधारणवर्गलाई आतंकित गरिरहेको आरोप गोर्खा जनमुक्ति युवा अनि नारी मोर्चा लाटपन्चर खण्ड समितिले लगाएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.