मङपु युवा मोर्चाले रेड क्रस लगाएर अवैध काम गर्ने गाडीहरुमा कडा निगरानी राख्ने

Morcha Mungpoo zone in the demand of Gorkhaland
मंग्पू,केशर मोक्तान: गोजामुमो  मङपु जोनको तत्वाधानमा आज एउटा जुलूस कार्यक्रम सम्पन्न  भयो | यहाको बस स्ट्यान्डबाट शरु भएको जुलुसले रेसेप  बजार परिक्रम गर्दै नालीड़ाडा आइपुगे पछि पथ सभामा परिणत  भयो | मोर्चा मङपु जोन उपसभापति जी.बी.राईको अध्यक्षतामा सम्पन्न भएको जनसभालाई सम्बोधन गर्दै युवा मोर्चा कार्यकर्ता अमृत छेत्रीले सरकारले प्रत्येक गोर्खाहरुको आवाज र संबैधानिक मांगलाई पुलिस प्रसासन र सीआरपी लगाएर कहिले सकिन्दैन ,अनि जेल भित्र हाम्रो कार्यकर्ताहरुलाई थुनेर गोर्खाल्याण्ड आन्दोलनको आवाज कहिले थुनिने छैन | यहाको गणतान्त्रिक आन्दोलानलाई दबाउन यहा किन प्रसासन लगाइन्दैछ् केन्द्र सरकार जवाबदायी हुनु पर्छ | हाम्रो साम्प्रदायिक एकता संग बंगाल सरकारलाई आर्हिस लागेको छ र हालमा उनीहरु हाम्रो साम्प्रदायिक एकतालाई तोड्न लागि परेको छ यसैले हामीले हाम्रो एकता कायम राख्न सबै एक भई जातीय अस्मिताको आन्दोलनमा दिलोज्यान दिएर अघि बढ्न पर्छ भन्दै बंगाल सरकारले यो भूभाग हो भनेर उनीहरु समक्ष के दस्तावेज छ र आज बंगाल बिभाजन हुदैन भन्दैछ |  हामीले हाम्रो मांग छुट्टै राज्य हासिल गर्न कट्टीबद्द छौ र युवाहरु कसैले कृपाले होइन कर्मले अगडी बढ्न पर्छ,बंगालको कृपामा हामी कहिले बाचेको छैनौ बच्दैनौ पनि भनि अमृत खड्काले जनाए | कपिल लोहारले संचालन गरेको सभामा रेसेप शाखा युवा मोर्चा सभापति विकास गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति तोते नानीहरु सडकमा उत्रिएको बेला,अनि आन्दोलनमा होमिएका शीर्ष नेत्रित्वहरू जेलमा थुनिएका समयमा एक दुई जना स्वार्थी लेप्चा दाजुभाईले कलंकित पार्ने काम गरेको छ र आज बंगालले हाम्रो एकतालाई टुक्राउनु खोजिरहेछ यसमा सबै जना सचेत भई एक सुत्रमा बस्ने उनले सबैलाई अपील गरे | हाम्रो आन्दोलनमा निरन्तरताको कमि आएको इतिहास छ यसैले आन्दोलनलाई निरन्तरता दिन घर घरबाट सचेत भएर सबै जना  निस्केको हुनु पर्छ | आन्दोलनमा होमिएका युवाहरुलाई चिन्ता गर्न पर्दैन युवाहरुले संघर्षबाट आन्दोलन गर्न सिकिहाल्छ र आन्दोलनको निम्ति युवाहरु मानसिक र बौद्धिक रुपमा त्यरी हुनुपर्ने उनले अपील गरे | सचिव गुरुङले मङपुमा रेड क्रस लगाएर बिरामीको नाम गर्दै धेरै नै वाहनहरु कुदिरहेको जनाउदै गोर्खाल्याण्ड प्राप्तीको आन्दोलनमा कसैले पनि वाहन नचलाई दिने मालिक अनि चालकवर्गलाई अपील गर्दै भोलि देखि युवा मोर्चाले कडा निगरानी गर्ने चेताउनी दिए | यसरी मङपुमा बन्द अवधि पनि रातीराती मदमदिरा भित्रि रहेकों बताउदै युवा मोर्चाले आज देखि नै यस बिषयमा पनि कडा निगरानी राख्ने बताए | मोर्चा मङपु जोन सहसचिव लिलाबहादुर छेत्रीले सम्बोधन गर्दै प्राय जसो सिन्कोना श्रमिककर्मचारीवर्गले सभा र जुलूस आउदा पनि सीआरपीको डरले बगान निर्देसकले दिएको प्रमाण पत्र बोकेर आएकोमा दुख प्रकट गर्दै उनले बगानका श्रमिक कर्मचारीलाई काममा जादा प्रमाण पत्र लगाएता पनि जुलस र सभामा आउदा प्रमाणपत्र नलगाईदिने सबैलाई अपील गरे/हामी गोर्खाल्याण्ड प्रेमीहरु हौ गोर्खाल्यान्डको निम्ति जेलमा पर्दा केहि हुदैन भन्दै बाटो बिराएर अन्य दलमा गएकाहरुलाई पनि उनले जातीय अस्मिता लडाईमा सबैलाई एक भएर बस्ने आव्हान गरे | जीपीटीओ मङपु जोन सचिव सुदेश छेत्रीले विधार्थीहरुको शिक्षालाई ध्यानमा राख्दै आगामी १३ सेप्टेम्बर२०१३ देखि सम्पूर्ण शैक्षिक संस्थानहरु खोलेको बताउदै शनिबार अनि आइतबार पनि सम्पूर्ण स्कूलहरु  लाग्ने अनि शिक्षक शिक्षिकाहरु पाठशाला जादा कुनै पनि दुई चक्के अनि चार चक्के वाहनको प्रयोग नगरिदिने उनले सबैलाई अपील गरे | यसरी पार्टी कार्यकर्ता कपिल लोहारले मङपु देखि बाहिर गएर पद्ने बिधार्थीहरुलाई आगामी ९ अनि १० सेप्टम्बर बन्द खोलेको दिन भित्रमा नै होस्टेलमा पुग्ने अपील गरे | अहिले हामीले सरकारलाई  छुट्टै राज्य चाहिन्छ भनेर मांग गरिरहेका छौ तर भोलिको दिनमा सरकारलाई मांगदा दिएन भने छिनेर भए पनि लिन सक्नु पर्छ, यसैले  यस बेला सबै नै एक भएर आन्दोलनमा उत्रिने समय आएको छ भनि दातडुप्लेयु रेसेप शाखा सचिव बिशोर कार्कीले उक्त मन्तब्य जाहेर गरे | अन्त्यमा पार्टी कार्यकर्ता बुद्ध कुमार थापाले जुलूस अनि जनसभामा उपस्थित सबै सबैलाई आभार व्यक्त गरे पछि सभाध्यक्ष जी.बी.राईले दुई शब्द राख्दै सभा बर्खास्त गरे |

गोजामुमो मङपु जोनको तत्वाधनाआज एउटा जुलूस कार्यक्रम सम्पन्न भयो | यहाको बस स्ट्यान्डबाट शरु भएको जुलुसले रेसेप बजार परिक्रम गर्दै नालीड़ाडा आइपुगे पछि पथ सभामा परिणत भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.