चार दिवशीय तक्निकी सप्ताह एवम कृषि महोत्सव शुरु

Technical week and ravi krushi mahotsav started
मङपु२फरवरी(केशर मोक्तान): कृषि बिज्ञान केन्द्र दार्जीलिङ, उत्तर बंग कृषि विश्वविधालय कालेबुङ अनि सिन्कोना एवं अन्य औषधीय पौद्दाहरुको सयुक्त तत्वाधान मङपुमा चार दिवशीय तक्निकी सप्ताह एवम कृषि महोत्सव  सिन्कोना बगान निर्देशक डा.सामुएल राईको अध्यक्षतामा आज देखि मङपु जनमैदानमा शरु भएको छ | समारोहका प्रमुख अतिथि देवासिष मजुमदार भाईस चान्सलर युबीकेबी अनि बिशिष्ट अतिथिहरुमा जीटीए बनविभाग कार्यकारिणी सभासद रतन थापा, नाबर्ड जिल्ला सयोजक वाल्टर कुजुर लगायत सभाध्यक्ष डा.सामुएल राईको बहुलीबाट दीप प्रज्वलन गरि आजको कार्यक्रमको थालिनी गरियो | दीप थापा अनि अक्रुती प्रधानले सन्चालन गरेको यस कृषि मेला उद्घाटन समरोहमा बैज्ञानिक एम.डब्लु मोक्तानले स्वागत सम्भाषण राखे पछि समारोहका प्रमुख अतिथि देवासिष मजुमदारले भारत कृषि प्रदान देश रहेको कारण देशको प्रधान मन्त्रीको सपना पनि देशलाई कृषि क्षेत्रमा अघि बड़ाउनु रहेकोले  युबीकेबी कृषकहरुलाई सम्पुर्ण सहुलियतहरु दिन तयारी रहेको कुरो जनाए र आजको कार्यक्रममा सिन्कोना  व्यवस्थापनले सिन्कोनाको साथमा अन्य औषधीय पौद्दाहरुको पनि स्टल राखेर उक्त पौद्दाहरु सम्बन्धमा जानकारी दिएकोमा पनि उनले हर्ष व्यक्त गरे | सिन्कोना बगान निर्देशक डा.सामुएल राईले आज देखि शुरु गरिएको चार दिने रवि कृषि महोत्सव एवं तक्निकी  सप्ताहमा सम्पुर्ण स्थानीय कृषकहरुले लाभ उठाउने अपील गर्दै बिशेष यस क्षेत्रमा सुन्तलामा रोग लागेर दयिन्य अवस्थामा रहेको कारण सुन्तलाको रोग नीवारण हेतु स्थानीय कृषक दाजुभाईले यस मेलामा आएर तक्निकी ज्ञान बटुल्न हुन अनुरोध गरे | यस कृषि मेलामा सुन्तला अनि बड़ाअलैची बिशेषज्ञहरुको पनि उपस्थिति रहेको कारण स्थानीय सुन्तला खेति गर्ने कृषक दाजुभाईले आएर यस कार्यक्रम उपस्थित भई सुन्तला खेति सम्बन्धमा जानकारी लिन अनि अन्य खेती सम्बन्धमा पनि तक्निकी ज्ञान बटुल्न हुन बगान निर्देशले डा.राईले सम्पुर्ण कृषकवर्गलाई अपील गरे | आजको कार्यक्रममा म्युजिकल ग्रुप मङपुले नृत्य प्रस्तुत गरे भने समरोहमा जीटीए बनविभाग कार्यकारिणी सभासद रतन थापा,मङपु सिन्कोना बगान व्यवस्थापक एन.के बराईली, डा. बी.आर शर्मा आदिले पनि कृषि सम्बन्धमा जानकारीमुलक वक्तब्य प्रस्तुत गरे | अन्त्यमा साँझ ४ बजे देखि ६ बजे सम्म रंगारंग सांगीतिक कार्यक्रम प्रस्तुत गरियो  भने कृषि मेलामा पुष्प प्रदर्शनी,पशुप्राणीलाई टिकाकरण एव औषधी बितरण गरियो | आजको कार्यक्रममा हेड क्वाटर मेनेजर बिदुर कार्की अनि मङपु,रोङगो,मन्सोङ अनि लाटपन्चर सिन्कोना बगानका व्यवस्थापक अनि अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो | उक्त  कृषि मेला एव तक्निकी सप्ताह आगमी ५ फरवरी सम्म सुसम्पन्न हुने भएकोले सम्पुर्ण कृषक अनि स्थानीय जनतालाई आयोजक समिति हार्दिक स्वागत गर्दछ |

कृषि बिज्ञान केन्द्र दार्जीलिङ, उत्तर बंग कृषि विश्वविधालय कालेबुङ अनि सिन्कोना एवं अन्य औषधीय पौद्दाहरुको सयुक्त तत्वाधान मङपुमा चार दिवशीय तक्निकी सप्ताह एवम कृषि महोत्सव सिन्कोना बगान निर्देशक डा.सामुएल राईको अध्यक्षतामा आज देखि मङपु जनमैदानमा शरु भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.