दिल है हिन्दुस्तानी-सिजन -2 फाइनलिस्ट माउन्टेन सोलका कलाकारहरूलाई कालेबुङमा भव्य स्वागत

Dil hai Hindustani Contestant Mountain Soul in Kalimpong
स्टार प्लस टेलिभिजनमा सञ्चालन हुँदै आइरहेको रियालिट शो – ‘दिल है हिन्दुस्तानी-सिजन -2’ का फाइनलिस्ट माउन्टेन सोल्स फिचरिङ गौरदीपका कलाकारहरू आज कालेबुङ आइपुगेका छन्। कालेबुङ जिल्लाको पेदोङ निवासी तेञ्जिङ भोटिया अनि उनका साथीहरू आज होम टाउन कालेबुङ आइपुगेका हुन्। उनीहरूलाई होम टाउनमा कालेबुङ कलाकार सङ्गठन अनि भोटिया विकास बोर्डको संयुक्त रूपमा आयोजित कार्यक्रममा उनीहरूलाई भव्य स्वागत गरिएको हो।
 रियालिटी शो दिल है हिन्दुस्तानीमा सबैको मन जित्न सफल माउन्टेन सोलका कलाकारहरूलाई आज कालेबुङमा भव्य स्वागत गरिएको थिय्हो। यहाँको सातमाईलदेखि उनीहरूलाई मानिसहरूले भव्य स्वागत गरेका थिए भने  बाटोको दुवै किनारामा स्थानीय मानिसहरूसँगै विद्यार्थीवर्ग स्वागतमा जुटेका थिए। यस अवसरमा उनीहरूलाई ब्याण्ड बाजाको साथमा कालेबुङ शहर प्रवेश गराएको थियो। 
रियालिटीको शोको फिनाले अघि कालेबुङको पेदोङ निवासी तेञ्जिङ भोटिया, सिलगढी दुर्गागढीका हितेश प्रधान, दार्जीलिङका लाक्पा शेर्पा अनि जयपुरका बिटबक्सर प्रदीप र मुम्बईका गर्मिना कालेबुङ आइपुगेका हुन्। कालेबुङ आइपुगेपछि उनीहरूले आगमी चरणको निम्ति सम्पूर्ण जनतालाई भोटको अपिल गरेका छन्।
आफ्नो होम टाउन कालेबुङ आइपुगेका तेञ्जिङ भोटियाले कालेबुङबासीबाट पाएको भव्य स्वागतले आफुहरूलाई थप उर्जा प्राप्त भएको बताएका छन्। यसक्रममा उनले जनताको अपार मायाले अन्तिम पाँचमा आउन सकेको भन्दै यसरीनै माया र साथ पाए फाइन समेत जित्ने विश्वास व्यक्त गरेका छन्।  
 
‘द माउन्टेन सोल फिचरिङ गौरदीपका कलाकारहरूलाई जुन प्रकारले कालेबुङवासीले भव्य स्वगात जनाए त्यसले म अत्यन्तै हर्षित छु। यसभन्दा अघि पहाडबाट धेरै कलाकारहरू आइसकेका छन् तर, आज हाम्रो स्वागतका निम्ति ओर्लिएको भीड देखेर खुशीको कुनै सिमा नै छैन’ तेञ्जिङ भोटियाले भने।
उनले आफुलाई गोर्खाहरूमा एकजुटता छैन भन्ने गरेको मानिसहरूले भन्ने गरेको बताउँदै आज आफुहरूको स्वागतका निम्ति ओर्लिएको भीडले नै गोर्खाहरूको एकजुटतालाई प्रमाणित गरेको पनि बताएका छन्। ‘हाम्रो गोर्खेहरूमा एकजुटता छैन भन्थ्यो तर, आज मैले हाम्रो स्वागतका निम्ति ओलैको भीड देखेर लाग्यो कि, हामी गोर्खाहरूमा एकता छ। हामीमा रहेको यो एकतालाई कसैले तोड्न सक्दैन भन्ने हामीलाई विश्वास छ’ तेञ्जिङ भोटियाले भने।
यसक्रममा उनले आगमी चरणका निम्ति जनताले धेरभन्दा धेर भोट गर्नुपर्ने अपिल गर्दै जनताको साथ र सहयोग पाए निश्चय नै जित्ने विश्वास रहेको पनि बताएका छन्। ‘कालेबुङमा मानिसहरूको जुन भीडले स्वागत जनाएका छन् त्यो देख्दा हामीले सय प्रतिशत जित्नेछौँ भन्ने विश्वास रहेको छ’ तेञ्जिङ भोटियाले थप भने।
जनतासँग भोट अपिल गर्नाका निम्ति कालेबुङ आइपुगेका माउन्टेन सोलका टोलिलाई सन्त फिलोमिना स्कुल, रकभेल अकादमी, सन्त जोसेफ कन्भेन्ट आदि स्कूलका विद्यार्थाहरूले भव्य स्वागत गरेका थिए भने सीएसटी विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको थियो यसैक्रममा उनीहरू सीएसटी पछि सोझै पेदोङ पुगेका थिए भने पेदोङमा पनि भव्य स्वागत गरिएको थियो।  यस अवसरमा उनीहरूले पेदोङमा पनि कार्यक्रम प्रस्तुत गरेका छन् भने साँझको प्रस्तुति कालेबुङको मेला ग्राउण्डमा मानिसहरूको व्यापक उपस्थितिविच सम्पन्न भएको छ। 
http://www.gafsaff.com 

स्टार प्लस टेलिभिजनमा सञ्चालन हुँदै आइरहेको रियालिट शो – ‘दिल है हिन्दुस्तानी-सिजन -2’ का फाइनलिस्ट माउन्टेन सोल्स फिचरिङ गौरदीपका कलाकारहरू आज कालेबुङ आइपुगेका छन्। कालेबुङ जिल्लाको पेदोङ निवासी तेञ्जिङ भोटिया अनि उनका साथीहरू आज होम टाउन कालेबुङ आइपुगेका हुन्।

Read latest post filed under regional news, TV movie

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.