छैटौं अनुसुचिको मागमा गोरामुमोको पोस्टरिङ

GNLF Postering demanding sixth schedule
पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीको पहाड भ्रमणलाई केन्द्र गर्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले छैटौं अनुसुचिको मागमा मङपुमा पोस्टरिङ गरेको छ | भारतमा गोर्खाहरु आज पर्यान्त सुरक्षित छैन, गोर्खाहरुको संवैधानिक सुरक्षा हुन्छ भने केवल छैटौं अनुसुचिले नै हुन्छ भन्ने गोरामुमोको अडान छ | भारतको केन्द्र सरकार अनि पश्चिम बङ्गालको राज्य सरकार साथै स्वर्गीय सुबास घिसिङ माझ भएको सम्झौता अनुसार पहाडको निम्ति छैटौं अनुसुचि झट्टै लागु गर भन्दै गोरामुमो अनि गोरायुमोले संयुक्त रुपमा यहाँको नालीडाँडा परिसरमा पोस्टरिङ गरेको छ | यही सन्दर्भमा गोरामुमो नेतृत्व चमनसिंह प्रधानले भनेका छन् कि सिन्कोनाको जमीनमा आज राज्य विश्वविधालय निर्माण हुन गइरहेको छ जसको निम्ति मुख्यमन्त्रीले शिलान्यास पनि गर्न आएकी हुन् यसर्थ हामी मुख्यमन्त्रीलाई धन्यबाद दिन्छौं यो पहाडको विकाश हो तर विकाश संगै हामी समग्र गोर्खा जातिको संवैधानिक व्यवस्था माथि सठीक निर्णय होस् भन्ने चाहन्छौं यसैले हामीले छैटौं अनुसुचिको मागमा पोस्टरिङ गरेका हौँ | किनभने ६ दिसम्बर २००५ को दिन नै गोर्खाको निम्ति केन्द्र, राज्य र सुबास घिसिंग माझ संवैधानिक व्यवस्था सम्बन्धमा एउटा सम्झौता भएको छ तर आज १२, १३ वर्ष वितेर जाँदा पनि लागु भएको छैन त्यसैलाई सरकारले चाडो गरेर लागु गरोस भन्ने हामी चाहन्छौँ ||

पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीको पहाड भ्रमणलाई केन्द्र गर्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले छैटौं अनुसुचिको मागमा मङपुमा पोस्टरिङ गरेको छ | भारतमा गोर्खाहरु आज पर्यान्त सुरक्षित छैन, गोर्खाहरुको

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.