मङपुमा पनि गोर्खाल्याण्ड शहिद दिवस पालन

Gorkhaland Martyr Days Saheed diwas 2019 in Mungpoo
गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिले पनि गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड हुनपर्छ भन्दा भन्दै विभिन्न काल परिस्थिति अनि नेतृत्वहरुको अगुवाईमा आजसम्म आफ्नो प्राणको आहुति दिने गोर्खाल्याण्ड शहिदहरुको स्मरण गर्दै ३२ औं गोर्खाल्याण्ड शहीद दिवस पालन गर्यो | यहाँको बस स्ट्याण्डमा विगत वर्ष निर्मित शहिद वेदीमा गोर्खा जनमुक्ति मोर्चा बिनय खेमाका नेता, समर्थक अनि अन्य स्थानीयबासीहरुले शहिदहरुको आत्मा शान्तिको कामनामा खदा, धुप अनि पुष्प अर्पण गर्दै शहिद दिवस पालन गरे | शुरुमा बौद्ध धर्मगुरुद्वारा विधिपुर्वक पुजा अर्चना गरेपछि शुरु भएको कार्यक्रममा गोजमुमो पार्टी, युवा मोर्चा, नारी मोर्चा, भूतपूर्व सैनिक मोर्चा लगायत अन्य अन्यले पनि श्रधान्जली अर्पण गरेका थिए | यसै कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाले गोर्खाल्याण्ड प्राप्तिको निम्ति आजसम्मको संघर्षमा हामी चुक्न परेका कारणहरु, साथै हालमा देशव्यापी चलेको एनआरसी मुद्दाले गोर्खाहरुलाई पनि आसमको जस्तो हाल बनाउन सक्ने जानकारी गराए | तिनले बताए अनुसार हामीमा भारतीय हुनको र एनआरसीमा छिर्नको निम्ति कुनै प्रमाण नभएको कारण आमरा बंगाली जस्ता समुहले पनि विरोध गरेको बताउंदै उनीहरुले लगाएको लान्छना सही हो पनि भने | कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई बिशेष रुपले उपस्थित हुनको साथै युवा नारी र अन्य भ्रात्री संगठनका नेतृत्व लगायत सदस्यहरु पनि उपस्थित रहेका थिए || 

गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिले पनि गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड हुनपर्छ भन्दा भन्दै विभिन्न काल परिस्थिति अनि नेतृत्वहरुको अगुवाईमा आजसम्म आफ्नो प्राणको आहुति दिने गोर्खाल्याण्ड शहिदहरुको स्मरण गर्दै ३२ औं गोर्खाल्याण्ड शहीद दिवस पालन गर्यो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.