गोरायुमोद्वारा शहिदहरुको सम्झनामा वृक्ष रोपन एवम ग्राम पंचायत समिति गठन

GNLF observed Martyr Day in Mungpoo
गत शनिबार मङपु गोरायुमोको तत्वधानमा शहिद दिवस पालन गरियो | मङपु धजे स्थित शहिद प्रभात छेत्रीको शहिद वेदीलाई केन्द्रबिन्दु बनाएर तिनकै वेदी नजिक १९८६ देखि आजसम्म जाति र माटोको निम्ति शहिद भएका शहिदहरुलाई सम्मान जनाउदै एउटा शहिद वेदी निर्माण गरि कार्यक्रम सम्पन्न गरिएको थियो | कार्यक्रममा बिशेष रुपमा भूतपूर्व विधायक एनबी छेत्री, मङपु जोन युवा एकाइका सभापति प्रदीप राई, सचिव प्रसन्न तामांग, मङपु लाठ समष्टि युवा एकाईका सचिव दीपकर राई, गणेश ठकुरी, सरिता तामांग, चमनसिंह प्रधान, मङपु लाठ समष्टि युवा एकाईका प्रवक्ता जिग्मी तामांग साथै सम्पूर्ण युवा प्रतिनिधि अनि अन्य गोरामुमोका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रमलाई मङपु लाठ समष्टि युवा एकाई सभापति ज्ञानदीप चामलिंगले संचालन गरेका थिए | यसै कार्यक्रममा मङपुका एक जाति र माटोको निम्ति शहिद बनेका कुबीर खड्का साथै सम्पूर्ण शहिदहरुलाई स्मरण गर्दै केही मिनट  मौन धारण पनि गरियो | शहिद वेदीमा एनबी छेत्री अनि शहिद प्रभातकी पत्नी मनिषा छेत्रीको बाहुलीबाट दीप प्रज्वलन गरि शुरु भएको थियो | यस कार्यक्रममा केन्द्रीय समिति पीटीओ सदस्य डीएल मोक्तान अनि अन्य सम्पूर्ण हरियो झण्डा प्रेमी मात्र नभएर उपस्थित सबैले शहिदहरु प्रति श्रद्धा सम्मान गर्दै खदा माला अर्पण गरेका थिए | कार्यक्रमलाई केन्द्रिय समिति युवा एकाईका सदस्य प्रवेश राईले सम्बोधन गर्दै जाति र माटोको निम्ति बनेका शहिदहरु कसैको पनि निजि राजनैतिक पेवा नहुने बताए | शहिद दिवसको अवसरमा उक्त कार्यक्रम मात्र नभएर युवा एकाईको तत्वधानमा शहिदहरुको सम्झना गर्दै मङपु क्षेत्रमा प्रचुर वृक्ष रोपन पनि गरियो | वन क्षेत्र मात्र नभएर शहिदहरुको नाममा मङपुका सडकको दुई किनारमा सुन्दरिकरणको निम्ति पैयुँको बोट वृक्ष पनि रोपन गरियो भने यसै दिन मङपु जोनल सभापति कैलाश पाख्रीनको सभापतित्वमा मङपु क्षेत्रमा रहेका तिनैवटा ग्राम पंचायतलाई लिएर मङपु क्षेत्रीय ग्राम पंचायत समिति पनि गठन गरियो जुन समितिले खण्ड विकासदेखि लिएर हुने सम्पूर्ण विकासका कार्यहरुमाथि नजर राख्ने अनि सय दिने रोजगार योजनामाथि गिद्ध नजर राख्ने भएको छ ||

गत शनिबार मङपु गोरायुमोको तत्वधानमा शहिद दिवस पालन गरियो | मङपु धजे स्थित शहिद प्रभात छेत्रीको शहिद वेदीलाई केन्द्रबिन्दु बनाएर तिनकै वेदी नजिक १९८६ देखि आजसम्म जाति र माटोको निम्ति शहिद भएका शहिदहरुलाई सम्मान जनाउदै एउटा शहिद वेदी निर्माण गरि कार्यक्रम सम्पन्न गरिएको थियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.