राष्ट्रिय राजमार्ग ३१ ए आज पनि ६ घण्टा बाधित
MUNGPOO(मंग्पू )केशर मोक्तान : राष्ट्रिय राजमार्ग ३१ ए आज चौथो दिन पनि ६ घन्टाको निम्ति बाधित बन्न पुग्यो | बिहान ३ बजे देखि ९ बजे सम्म स्थानीय बिरिक डाँडामा पहिरो गएर राजमार्ग बन्द रह्यो | रात भरि परेको मुसलधारे झरीको कारण राजमार्गमा दुई ठाउँ पहिरो झरेर यातायात बाधित बन्यो | जसको कारण ६ घण्टा सम्म यात्रीहरु जाममा फसे | २७ माइलमा झरेको पहिरो सिमा सडक संगठनका एकसाभेटरले केहि घण्टामा नै खोलेता पनि बिरिक डाँडाको पहिरोलाई हटाउन ग्रेफको दुइवटा एकसाभेटरलाई पुरै ६ घण्टा लाग्यो | सिमा सडक संगठन अनि रम्बी पुलिसको प्रयाशमा प्राय ६ घण्टा पछि ९ बजे राजमार्ग खोलियो | राष्ट्रिय राजमार्ग ३१ ए खोलिएतापनि बिरिक डाँडाको पहिरो ग्रस्त क्षेत्रमा भने माथिबाट पहिरो झरेर कुनै पनि समय राजमार्ग बन्द हुने अनि त्यस ठाउँमा दुर्घटना हुन् सक्ने सम्भावना देखिएको छ | लगातार परिरहेको पानीको कारण राजमार्गको थुप्रै ठाउँमा पहिरो झर्ने सम्भावनाको रहेको कारण रम्बी पुलिसले वाहन चालकहरुलाई होशियारीको साथ गाडी चलाउने आह्वान गरेको छ | आज सोमबार भएकोले राष्ट्रिय राजमार्ग ३१ए मा यतायात गर्ने गाडीको संख्या धेरै थियो भने गाडीको जामलाई नियन्त्रण गर्न रम्बी थाना प्रभारी दिपेन तामांग अनि ए० एस० आइ० शेर्पाको अगुवाइमा सी० आर० पी० एफ० का जवानहरु तैनाथ थिए | राजमार्ग ट्राफिक व्यवस्थालाई सी० आर० पी० एफ० का जवानहरुले देखरेख गरेको कारण गाडीको जामलाई सजिलै संग हटाउन सकियो | फलस्वरूप पहिरो ग्रस्त क्षेत्रमा कहिँ पनि गाडीको डबल लाइन देखिएन | सोमबारको दिन पनि ६ घण्टा राजमार्ग बन्द भएको कारण कतिवटा यान-वहान लाभा हुदै सिक्किम तर्फ प्रस्थान भए भने सिक्किमबाट सिलिगुडी जाने गाडीहरु लंकु बस्ती हुदै कालिझोरा बाट आवत-जावत गरेको पाइयो | सिक्किमको जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग ३१ ए हाइवे लाई सिमा सडक संगठनले मनसुन झरीमा पनि चारैतिर चौडादार गरेर एकसाभेटरले भित्ता कटाइ शुरु गरेको कारण नै पहिरो झरेर दैनिक रुपमा राजमार्ग बाधित बन्न पुगेको भन्ने यात्रीहरुको गुनासो छ | यसरी दैनिक रुपमा बिरिक डाडामा पहिरो झर्नाले यस क्षेत्र राजमार्गको निम्ति गाडे घाऊ नै बनेको छ | आर्को तिर तीन दिन देखि लगातार परेको को हावा पानीको कारण मंग्पूको पनि थुप्रै ठाउँहरुमा सामान्य पहिरोहरु गएको छ भने एकोहोरो आइरहने चट्यांगले मंग्पूमा थुप्रै घरका टी० बी० अनि अन्य बैध्युतिक यन्त्रहरू बिगारेको समाचार छ |
Post a Comment
We love to hear from you! What's on your mind?