MUNGPOO(मंग्पू )२ जुलाई,केशर मोक्तान : राज्यका मुख्य मन्त्री ममता ब्यानर्जीले आगमी सेप्टेम्बर महिना देखि सरकारी कर्मचारीवर्गको वेतन एस० बी० आई० (स्टेट ब्यांक अफ् इंडिया ) मार्फत दिने घोषणा गरे पश्चात मंग्पू को पुरानो घाऊ बल्झाउने काम भएको छ | तीस हजार भन्दा ज्यादा जनसंख्या भएको मंग्पूमा धेरै वर्ष अघि देखिको एक मात्र क्षेत्रीय ग्रामीण ब्यांक रहेकोले स्थानीय जनसाधारणले धेरै नै असुविधा झेलेर आइरहेको छ | स्थानीय मानिसहरु एक दिन माया मारेर अन्यत्र ठाउँहरुमा गई एस० बी० आई० को सहारा लिइरहेका छन् अहिले सम्म | यसैले क्षेत्रमा एउटा स्टेट ब्यांकको एकदमै आवश्यकता रहेको छ | यहाँका वासिन्दाहरु दार्जीलिंग, टिस्टा अनि कलेबुंगको स्टेट ब्यांकमा गइ आफ्नो ब्यांकको काम काज गरिरहेका छन् | त्यस माथि पनि सिन्कोना बगान कर्मचारीबर्गको वेतन आगमी सेप्टेम्बर महिना देखि स्टेट ब्यांक बाट लिनु पर्ने सम्भावना रहेकोले बगान कर्मचारीबर्गलाई पर्नु सम्मको पीर परेको छ |
त्यति मात्र नभएर मंग्पू सेक्टर सी० मा अवस्थित एन० एच० पी० सी० कार्यलय साथै सिटोंग बस्ती अनि मंग्पू वरिपरिका जनताको दुखलाई निहाल्दा मंग्पू क्षेत्रमा एउटा स्टेट ब्यांक हुन आवश्यक नै देखिन्छ | यसै सन्दर्भमा सिन्कोना एवम अन्य औषधि पौदाहरुका निर्देशक डा० ज्ञानचन्द्र सुब्बाले मंग्पूमा स्टेट ब्यांकको मांग गर्दै स्टेट ब्यांक अफ् इंडियाका व्यवस्थापकलाई केहि दिन अघि पत्रचार गरेको जान्नमा आएको छ भने अर्को तिर प्राइवेट ब्यांक एक्सिस ब्यांकले पनि मंग्पूमा चाडै नै शाखा कार्यालय एवम ए० टी० एम० खोल्ने कुरो जान्नमा आएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?