'जीटीए' गोजमुमोको औपचारिक बिजय उत्सव-कालेबुङ

कालेबुङ ६ सितम्बर; डी.के वाइबा : गोजमुमो पार्टीले जीटीएमा सम्झौता गरेको १ महीना १५ दिन पछि बंगालको बिधानसभामा बील पारित भएपछि मंगलबार औपचारिक बिजय उत्सव पालन गऱ्‍यो । ४४ महीनाको आन्दोलन पछि गत १८ अगस्तको दिन गोजमुमो , राज्य सरकार अनि केन्द्र सरकार माझ जीटीएको सम्झौता पिण्टेल भिलेजमा भएको थियो । सम्झौता भएपछि बील पास हुनमा केही बिलम्ब भएपनि अन्तमा बिधानसभामा जीटीएको बील पास भएपछि मोर्चा
नेतृत्ववर्गमा खुशीको लहर छाएको छ । बिधानसभामा बील पास भएपछि  तत्कालै मोर्चाले औपचारिक घोषणा गरेर बिजय उत्सव पालन नगरे पनि अन्तमा मंगलबार औपचारिक बिजय उत्सव पालन गऱ्‍यो । यस अवसरमा मोर्चाका भातृ संगठनहरुको पनि सहभागीता रहेको थियो । गोजमुमो कालेबुङ महकुमा समितिको आयोजनमा सम्पन्न उक्त बिजय जुलुसमा मोर्चाका केन्द्रीय समिति सदस्य बिजय सुन्दास.प्रवीण रहपाल ,
नोर्देन लामा , महकुमा समिति अध्यक्ष सरीता राई , सचिव शुभ प्रधान आदि शिर्ष नेताहरुको बिशेष उपस्थिति रहेको थियो । स्थानीय डम्बर चौकबाट शुरु भएको उक्त बिजय जुलुसमा बिगत दिनहरुमा भन्दा कार्यकर्ताहरुको उपस्थिति कम रहेको थियो । जुलुसले शहर परिक्रमा गरिसकेपछि स्थानीय मेला ग्राउण्डमा पुगेर नाँच गान गर्दै समापन भयो । यस अवसरमा कार्यकर्ताहरुलाई लड्डु पनि बाँडियो । उक्त
बिजय जुलुस मेला ग्राउण्डमा पुगेपछि मोर्चा कार्यकर्ताहरु कम्मर मर्काउँदै नाँचे । बिगत आन्दोलनका दिनहरुमा भन्दा आजको उपस्थिति थोरै भएपनि  उपस्थित हुनेहरु खुबै उत्साहित देखिन्थे । यस अवसरमा मोर्चाका केन्द्रीय समित सदस्य बिजय सुन्दास , सरिता राई अनि शुभ प्रधानले पनि सम्बोधन गरे । यस अवसरमा उनीरुले जीटीए आन्दोलन ठूलो उपलब्धी रहेको दावी गर्न चुकेनन् ।
स्मरण रहोस गोजमुमोले पार्टी गठनको उदेश्य नै छुट्टै राज्य गोर्खाल्याण्ड रहेको दावी गरेता पनि  आन्दोलनको गति संगै छुट्टै राज्य सहजै गठन नहुने छाँट देखेर कुनै एउटा बैकल्पिक व्यवस्था हुनपर्ने मोर्चाको स्टडी फोरमले निष्कर्ष निकालेको थियो । सोहि अवधि सरकार संगको अनेकौँ बैठक पछि मोर्चाले बैकल्पिक व्यवस्थाको रुपमा प्रधीकरण स्वीकार्ने निष्कर्षमा पुगेको थियो । तर
बिगत  बामफ्रण्ट सरकार संगको तालमेल नमिलेपछि उक्त प्राधीकरण पनि गठन हुन सम्भव भएको थिएन । तर बंगालको बिधानसभा चुनाव संगै राज्यमा तृणमुल कंग्रेसको सरकार गठन पछि जीटीएको ऐतिहासिक सम्झौता हुन सकेको थियो । यसका साथै मोर्चाको आन्दोलनमा पनि बिराम लागेको छ । यद्यपी मोर्चा नेतृत्ववर्गले छुट्टै राज्यको आन्दोलनलाई जीवित राख्ने दावी गरेको छ ।


6 सेप्टेम्बर(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट) :- पश्चिम बंगाल राज्यको विधानसभामा जीटीएको बील पारित भएकोमा मोर्चाले आज पहाडमा बिजय उत्सव पालन गर्‍यो। पार्टीको कालेबुङ,दार्जीलिङ, खरसाङलगायत अन्य शाखाहरुले आआफ्नो क्षेत्रमा बिजय र्‍यालीको आयोजना गरि नयाँ व्यवस्थाको स्वागतमा आफ्नो उत्साह जाहेर गरेका छ्न। मोर्चाको कालेबुङ शाखाले पनि आज  बिजय उत्सवको आयोजना गरेको थियो। बिजय र्‍यालीमा पार्टीका स्थानीय नेतृवर्गलगायत सम्पूर्ण भातृ संगठनका सदस्यहरुको उत्साहजनक सहभागिता थियो। बिजय र्‍यालीलाई भव्यताकासाथ सम्पन्न गराउन मोर्चाले आज पहाडका सबै सरकारी अनि शैक्षिक संस्थानहरुमा बिदाको घोषणा गरेको थियो। कालेबुङको बिजय र्‍याली डम्बर चौकबाट शुरु भएको थियो। र्‍यालीमा सामेल मोर्चा समर्थकहरुले उल्लासपूर्वक शहर परिक्रमा गरेपछि र्‍याली मेला ग्राउण्डमा पुगेर समापन भएको थियो। मेला ग्राउण्डमा पनि मोर्चा समर्थकहरुले नाँचगान गरेर आफ्नो उत्साह जारी राखेका थिए। मेला ग्राउण्डको छोटो सम्बोधनको कार्यक्रममा दलका केन्द्रीय नेताहरु बिजय सुन्दास, प्रविण रहपाल, नोर्देन लामा, तारा लोहार लेप्चा, ननिता गौतम आदिको विशेष उपस्थिति थियो। मेला ग्राउण्डमा भेला भएका पार्टीसमर्थकहरुलाई दलका नेताहरु बिजय सुन्दास, शुभ प्रधान, सरिता राईले सम्बोधन गरे। मोर्चा नेताहरुले राज्य विधान सभामा जीटीएको बील पारित भएको घटनालाई आन्दोलन गर्ने जनताको जीत बताए। नयाँ व्यवस्थालाई पारदर्शी अनि इमानदार भएर चलाएर एउटा उदाहरण प्रस्तुत गर्नु पर्ने मोर्चा समक्ष चुनौति रहेको बताए।
यता, एकजना  मोर्चा समर्थकले  समाचारसँग  आफ्नो प्रतिक्रिया जाहेर गर्दै जीटीए नै गोर्खाल्याण्डसम्म पुग्ने माइलखुट्टी हुने विश्वास ब्यक्त गरेकी छन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.