मंग्पू बोर्दाङ प्राथमिक पाठशाला पनि क्षतिग्रस्त

मंग्पू/२४ सेप्टेम्बर: मंग्पू  क्षेत्र अन्तर्गत पर्ने  बोर्दाङ  प्राथमिक पाठशालालाई पनि भुइँचालोले आंशिक क्षति पुराएको जानकारी विध्यालय शिक्षक उतम मुखियाले दिएका छन् | अहिले सम्म पनि पक्की सडक सम्म पूर्णरुपले बनिन नसकेको लाब्दा बस्तीमा दुई वटा प्राथमिक पाठशाला एउटा जुनियर हाई स्कूल र दुइटा प्राइवेट स्कूलहरु सुचारु रुपले चलिरहेको छ | १९६५ सालमा स्थापित भएको यस पाठशालाको नव निर्माण कार्य २०१० मा भएको थियो भने उक्त पाठशालाको भित्रि भाग आइतबारको भुइँचालोले चर्किएको छ | अझै यस्तो भुइँचालो दोहोरिए एवम ज्यादा पानी परेमा त्यस पाठशाला भवन पुन: भत्किएर जाने सम्भावना धेर रहेको जानकारी विधालय शिक्षकले दिएको छ | हालमा यस पाठशालामा ४० जना विधार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् | पाठशाला विधार्थीको निम्ति मन्दिर हो भने यसलाई झट्टै मर्मत गर्न पनि आवशयक देखिन्छ | सम्बन्धित विभागले उक्त पाठशालाको झट्टै मर्मति गरिदियाजावोस भनि शिक्षक तथा अभिभावकको माँग साथै निवेदन रहेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.