को हुन् त बाबुराम भट्टराई ?

प्रदीप लोहागुन: बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको  फेदीमा आएर बसेको बाइस तेइस पुस्ता भयो । इतिहासकार  दिनेशराज पन्तका अनुसार द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरुसँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । बाबुरामका जेठा वा हरिप्रसाद भट्टराईले ज्योतिषी काम गरे । त्यसो त बाबुरामका हजुरबा भैरवप्रसाद भट्टराई पनि किसान थिए र बाबु भोज प्रसाद भट्टराई पनि किसान नै । 


बाबुराम भट्टराई आधुनिक शिक्षा दिक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलककै पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम परिवारमा जन्मिएका बाबुराम भट्टराईका एक दीदी एक बहिनी र एक भाई छन् । किसानको छोरा भएकाले उनले बाबु आमालाई खेती किसानीमा सघाउने कुरा स्वभाविकै भयो । उनले आफ्नो बाल्यकालदेखि एस.एल.सी. दिउन्जेलसम्म गाई गोठालो भएर बाआमालाई सघाए । उनले घाँस दाउरा गर्ने, पानी वोकेर ल्याउने र विशेषगरी भाई बहिनी हेर्ने काम पनि गरे । बाआमा पढन जतिकै काम गर्न पनि सिपालु छोरा पाएकोमा दंग थिए । 

दीदीको बाह्र तेह्र बर्षमा विहे भएकाले बाबुरामलाई आफू भन्दा ८/९ बर्ष कान्छा भाई बहिनी हेर्ने जिम्मा आयो । पँधेराबाट पानी बोक्ने, भाई बहिनीलाई लगेर न्वाई ध्वाई गर्ने काम गर्थे । यसबाट बुझिन्छ कि बाबुराम बाल्यकाल बाटै सामाजिक व्यवहारिक रुपमा जिम्मेवार व्यक्तित्वमा विकास हुदै गए । एस.एल.सी. परीक्षा दिनु अघि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछ्याएर बस्ने छात्रावासमा आफ्ना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्नमै बढी रुची राख्थे । उनका सहपाठीहरुउनलाई भाँडा माझ्ने जिम्मा दिन्थे । 

                           काठमाण्डौंमा कवि लेखनाथको छिडीमा 

 २०२६ सालको एस.एल.सि.मा वोर्ड फष्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाण्डौं आए । त्यतिवेला सरकारले जम्मा एकसय रुपैया छात्रबृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरी चलाउन कठन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक पचास रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । घरबाटै चामल ल्याउने र आवश्यक थप सरसामान यतै किनेर विद्यार्थी जीवनको कठीन यात्रा शुरु गरे । काठमाण्डौं आएपछि बाबुराम र उनका सहपाठीको जीवनमा एउटा क्रान्ती आयो । यहाँ स्टोभमा खाना पकाउन थाले । आफ्ना सहपाठीहरु बीच रमाइलो कुरा पनि चल्यो
,विज्ञानले यत्रो प्रगति गरि सकेछ । खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानु पर्‍यो र टिकट काटेर गाउँलेहरुलाई हेर्न वोलाउनु पर्‍यो ।   

बाबुरामको कवि लेखनाथसँग भेटघाट भएन । किनकि उनी काठमाण्डौं आउनु ५ बर्ष पहिलेनै कवि लेखनाथको निधन भई सकेको थियो । कवि लेखनाथका छोरा सह- सचिव थिए । हामी सह-सचिवको घरमा बस्न पाएकोमा मख्खै थियौ किनकी विद्यार्थीलाई कहिले काँही सिफारिस आदि गर्नुपर्ने हुन्थ्यो उनीहरु पनि बोर्डफष्ट भएको केटो हाम्रै घरमा बस्छ भनेर मलाई मायाँ गर्थे । कवि लेखनाथकि श्रीमती हुनु हुन्थ्यो, सेतो फुलेकी ।बाबुराम कलेज जीवनका प्रारम्भिक दिन स्मरण गर्दै भन्छन् ।  


                                साहित्यमा बाबुरामका रुची  

कविको छिडीमा डेरा भएकाले होइनकि बाबुराममा साहित्य प्रति पहिलेनै रुची थियो । उनले नेपाली बिषयमा ८१ न्ाम्वर ल्याएका थिए जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरी भन्दा बढी कसैको हुन्थेन । मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो । नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर । उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । कवि लेखनाथको तरुणतपसी पढि सकेका थिए । कवि भूमि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे भरखरै छापिएको कविता संग्रह थियो । त्यो उनले निकै रुची राखेर पढे । अहिले पनि उनलाई त्यो कविता संग्रहका कयौ कविता कन्ठस्थ छन् । मेरो शहरमा एउटा चोक छ । यहाँके छैन सवथोक, रोग, भोक र शोक छ । भन्ने कविता र हुदैन विहान मिरमिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपुत मरेर नगए भन्ने कविता बाबुरामलाई निकै मन परे । पछि वीपि कोइरालाका कथा, लक्ष्मीप्रसाद देवकोटाका कविता पनि उनले पढे । कवि शिरोमणि लेखनाथ पौडेलको सामन्ती रोमान्टिक खालको, वि.पी र देवकोटाको पुँजीवादी खालको र पारिजात, भूमि शेरचनको साहित्य प्रगतिशिल खालको लाग्न थाल्यो । उनको साहित्यिक अभिरुचीमा पनि त्यसरी नै छाप पर्दै गयो । उनलाई काठमाण्डौंमा पढ्दासम्म विदेशी साहित्यको अध्ययन गर्ने अवसर भने भएन । विज्ञानको विद्यार्थी भएकाले त्यता तिर मात्रै उनको अध्ययनमा वढी समय बित्यो । साहित्यमा स्व.अध्ययन मात्रै भयो । 




                           काठमाण्डौं र राजनीतिसँग बाबुराम
२०२७/२०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरु पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवास तिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लडथे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलिय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले स-सस्त्र संघर्ष शुरु गर्‍यो । त्यतिवेला उनकि जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६/७ बर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले राजामहेन्द्रका अपराधहरु भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामा मार्फत उनले पढ्न पाए । राजा भनेको त वदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पढ्दा झन बलियो हुदै गयो । त्यतिवेला स्नातक तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । उनको गिरफतारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमानसिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढथे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियू सभापति उम्मेदबार थिए र उनले जितेका थिए । उनी यति वेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे । उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नकालागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो । 


                                              
भारतमा अध्ययन र राजनीति
एस.एल.सि. र आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढन चन्डिगढ गए । चन्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन स्वअध्ययन पनि गरे । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उति वेला चण्डिगढमा पढाउथे । कार्लमाक्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षमा नै थियो । त्यस बाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी भ्याउने अठोटै गरे । गान्धीदेखि चे सम्मका जीवनी पढदा उनलाई सबै भन्दा वढी चे को जीवनीले प्रभावित पार्‍यो । उनी दिनभरीनै पन्जाव विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको शुरुवातमा विश्वभरीका युवाहरुमा चे को क्रेज अत्याधिक थियो । उनी चे प्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो बैचारिक ढंगले उनी कम्यूनिष्ट विचार प्रति आकषिर्त भई सकेका थिए र दोश्रो भारतमा कुल्लीको काम गर्ने लाखौ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुनसक्छ भनेर सोची रहेका थिए । उनी चे को सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी गरीवहरुको बाटो हो भन्ने निस्कर्षमा पुगी स्ाकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा २०३३ सालमा उनकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुराम २०३४ सालमा त्यो संगठनलाई भारत व्यापी बनाउने तयारी गरे । बाबुरामले २०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसके पछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली आए । बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरुमा पहिलो थियो । यसले पहिलो पटक फागुन ७ को औचित्य भन्ने विचार गोष्ठीको आयोजना गर्‍यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुदैन भन्ने बिषयमा बाबुरामले आफ्ना खुल्ला विचार राखे ।

                                            बाबुराममाथि आरोपको श्रृङ्खला
जव सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जव उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संघर्षमा लामवद्ध बनाउन थाले तव उनी विरुद्ध षड्यन्त्र र आरोपको श्रृङ्गखला सुरु भयो । नेपालबारे केही गर्नु पर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढने विद्यार्थीलाई समेटदै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । अघिल्लो साल वि.पि. कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदा गिरफ्तार भएका थिए । उनी क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनु पर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवर पछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुदै आयो । दुतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारत भरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारत स्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्‍यो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टी भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भिमनारायण श्रेष्ठ लगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिवेलाको पहिलो ठुलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।

 

                                                      नेपाली मजदुर, कुल्लीका बीचमा 
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन् । उनले आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले ।


विद्यार्थीबीच त उनी निर्विवाद स्थापित थिए । उनलाई बैठक गर्दा गर्दा दिन वितेको थाहै हुदैनथ्यो र समय नै पुग्दैनथ्यो । उनलाई एकै दिनमा सयौ चिठी प्राप्त हुन्थ्यो । स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरको पत्र मञ्जुषा बाबुरामलाई पठाइएका चिठीहरुले भरिएको हुन्थ्यो । बाबुराम भन्छन ।
अहिलेको जस्तो फोनको व्यवस्था हुने भए फोनबाटै धेरै कुरा हुन्थ्यो होला ।


दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय डेडसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरुका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रका अन्त्यका लागि उनीहरुलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुर बीच भिज्दै गए । राजु नेपाली -जो हाल एकिकृत नेकपा -माओवादी) का केन्द्रीय सल्लाहकार छन् ) मार्फत् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले । दिल्लीमा बामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियार लगायतका मजदुरसंगको सम्पर्कले उनी नेपाली मजदूरहरू वीच क्रियाशील वन्दै गए । त्यति नै वेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो ।


बाबुरामकै नेतृत्वमा प्रत्येक बर्ष नेपालका बरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमीनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्यूनिष्ट सबै पार्टीहरुसँग उत्तिकै सम्पर्क भएपनि बाबुराम बामपंथीहरु पट्टी नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । उनी यसअघिको दुईबर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो । बाबुरामले जिउँदा पुस्पलाललाई त भेटन पाएनन । भेटने भन्दा भन्दै तालमेल मिलेन । तर २०३५ सालमा दिल्लीमा निधन भएका पुष्पलालको अन्त्यष्टीमा उनी जमुनाघाटमा पुगेका थिए । त्यहाँ जम्मा १०/१२ जना मात्रै उपस्थित थिए ।


उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले समर्थन गर्‍यो । र चौमले विरोध गर्‍यो । त्यसपछि बाबुरामले चिनमा प्रतिक्रान्त्रीका विरुद्ध उभिनेहरुलाई समर्थन गरे । माओको देहान्त पछि प्रतिक्रान्ती भयो भन्ने विचार चौमसंग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंह मार्फत् त्यो पार्टीको सदस्यता नै लिए ।


बाबुराम २०३७ पछाडी अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरुका बीचमा राजनीतिक काममै खटे । अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए र मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएको वेला उनलाई कालो झण्डा देखाउँदा वावुराम आ
नो जीवनमा पहिलो पटक गिरतारीमा परेका थिए ।
 


                                                       प्रकाशनमा उनको रुची थियो 
२०३४ सालमै उनले प्रकाशन गरेको
जनमानस निकै चर्चित थियो । उक्त बाषिर्क पत्रिका रातन्त्रका विरुद्ध सवै एक भएर जानुपर्छ भन्ने बहसमा मुख्यत केन्द्रीत हुन्थ्यो र बाबुरामको बामपंथी सुझावका कारण माक्र्सवादी कोणबाटेै बढी व्याख्या विश्लेषण भएका रचना छापिन्थे । त्यसपछि नेपाली एकता भन्ने मजदुरको पत्रिका पनि उनले दर्ता गरे र त्यसको संपादक/प्रकाशक भएर काम गरे । त्यसैको प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्कर दिएकाले उनी ४८ घण्टा वेहास भए । उनलाई अस्पताल पुर्‍याइए पछि उपचारमा नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले चासो दियो । त्यो सबैको नैतिक दायित्व नै थियो ।


उनले प्रकाशन गर्ने पत्रिकामा नेपालमा गणतन्त्रको आवश्यकता, गणतन्त्र प्राप्तीको आन्दोलन साथसाथै नेपाल भारत सम्वन्ध बारे हुन्थ्यो । बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल भारत सम्बन्ध बिषयमा नै केन्द्रीत र भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभै नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्ष छ । 



                                                                  बाबुराम नेपाल फर्के 
२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फर्किनु अघिनै उनले निर्णय गरी सकेका थिए कि
म अव पूर्ण कालीन राजनीति नै गर्छु । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए ।


उनी नेपाली कम्यूनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसंग मतभेद बढ्यो । तर उनी संधै क्रान्तीकारी पार्टीहरु विचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका षडणार्थी बिषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए ।


२०४६ सालको जनआन्दोलन ताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । र त्यो दिनको उत्कर्षले नै पंचायत व्यवस्थाको अन्त गर्‍यो ।


२०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईलावा, दिलबहादुर श्रेष्ठ सिताराम तामाङ्ग लगायत मिलेर पार्टी एकताको लागि २०४७ जेष्ठमा
फोरम फर यूनिटी बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो । पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु अलिढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तीका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गर्‍यो र तेश्रो ठूलो दल भयो ।


सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्‍यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रियता सम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो । २०४६ को जनआन्दोलनबाट प्राप्त सिमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ जनयुद्ध शुरु गर्‍यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्‍यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए ।


२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग संधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सम्पर्कमै रहे । भूमिगत होस वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरु कसैका छैन |

 
Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.