कालेबुङ २१ सितम्बर/डी के वाइबा:-भुँइचालोले पुराएको क्षतीबारे जानकारी लिन आज राज्यका जेल मंत्री शंकर च्याटर्जी कालेबुङ आइपुगे । बेलुका साडे ५ बजीतिर कालेबुङ आइपुगेका मंत्री च्याटर्जीले कालेबुङको जेल घुमेर भुँइचालोले पुराएको क्षतीबारे जेल प्रशासनसंग भेटेर जानकारी लिए । यस अवधी मंत्रीले आफुले सम्पूर्ण उत्तर बंगालको जेल घुमेर सम्पूर्ण जायजा लिने गरेको बताए । मंत्रीको आगमनमा स्थानिय नेता एंव गोजमुमो विधायक डा हर्क बहादुरको पनि उपस्थिती रहेको थियो । मंत्रीले जेलको अवास्थाबारे चिन्ता व्यक्त गर्दै यस्को निर्माणको निम्ती पहल गर्ने बताए । अर्कोतिरा डा हर्क बहादुर छेत्रीले यस जेल बृटिष्कालीन रहेको जानकारी दिंदै यस जेलको पुना निर्माण हुन आवश्यक रहेको बताए । यस सन्दर्भमा मन्त्रीले माथिलो तहमा कुरा राख्ने बताए ।
Post a Comment
We love to hear from you! What's on your mind?