जीएलओ प्रमुख छत्रे सुब्बा सितै रिहा हुने कुमार छेत्री र श्याम कार्कीलाई आशा गुरुङले भेटिन

हाइवे/२२ सेप्टम्बर: १० वर्षको बन्दी जीवनपछि जलपाईगुडी जेलबाट जीएलओ प्रमुख छत्रे सुब्बा सितै रिहा भएका राष्ट्रिय राजमार्ग ३१ ए हाइवे सुन्तले निवासी कुमार छेत्री अनि श्याम कार्कीलाई हिज बास स्थान मै नारी मोर्चा केन्द्रिय समिति अध्यक्षा आशा गुरुङले भेटे | जेल बाट मुक्ति भएर निस्केको कुमार छेत्रीले उनीहरुलाई वामफ्रन्ट र गोरामुमो षड्यन्त्रको कारण १० वर्ष सम्म जेल भित्र बन्दी बनाएर राखेको अनि हालमा बंगालमा ममता व्यनार्जीको सरकार तथा गोजमुमो सहयोगमा नै उनीहरु जेलबाट बाहिरिन सफल भएको मोर्चा अध्यक्षालाई बताए | आशा गुरुङले पनि ती दुई जेलबाट रिहा भइ निस्केका कुमार छेत्री र श्याम कार्कीलाई कुनै पनि सहयोग चाहिएमा हाइवे ब्लक कमिटीलाई जानकारी गराउने अनि त्यसमा मोर्चाले पूर्ण सहयोग गर्ने कुरो जनाए | गोजमुमोले  शुरु गरेको चार वर्षको आन्दोलनमा पनि उनीहरुले जेल भित्र बसेरै भए पनि आंदोलनलाई सहयोग पुराएको गुरुङ ले बताए |
स्मरण रहोस आज भन्दा १० वर्ष अघि ती दुई बी० आर० ओ० (सिमा सडक संगठन) ग्रेफका कर्मचारी थिए भने कुमार छेत्रीले पुन: हिज २१ अगस्त देखि ग्रेफ्को कर्मचारी विभागमा नै काम,आ नियुक्त भएको समाचार मोर्चा हाइवे ब्लक कमिटिको तर्फबाट सागर लामाले दिएको छ | यसै गरि राष्ट्रीय राजमार्ग ३१ ए हाइवे निवासी श्याम कार्कीले भने आज सम्म पनि बी० आर० ओ० विभागमा आफ्नो काममा नियुक्ति नभएको नारी मोर्चा अध्यक्षा आशा गुरुङलाई थाहा लागेपछि चाडै नै यस विषयमा मोर्चा हाइवे ब्लक कमिटिमा प्रतिनिधिवर्गलाई खोजी तालाश गरिदिने निर्देश गरिन | 
कमिटिको तर्फबाट सागर लामा , नर्बु लामा अनि सचिन छेत्री लगायत किर्ने मोर्चा साखाबाट अमृत छेत्री, प्रेम सुब्बा अनि नारी मोर्चा किर्ने तारखोला शाखाका सभापति सचिव उपस्थित थिए | 
Read latest post filed under political news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.