सिस्टर निवेदिता(मार्गरेट एलिजाबेथ नोवल)-को 100औं पुण्यतिथि पालन

14 अक्टोबर(कालेबुङ)प्रदीप लोहागुणको रिपोर्ट:- आयरल्याण्डमा जन्मेर भारतमा आफ्नो जीवन समर्पण गर्ने सजामसेविका सिस्टर निवेदिता(मार्गरेट एलिजाबेथ नोवल)-को 100औं पुण्यतिथिको अवसरमा उनका शुभचिन्तकहरुले उनलाई स्मरण गरेका छ्न। देशका विभिन्न क्षेत्रबाट भेला भएका उनका शुभचिन्तहरुले बिहीबार दार्जीलिङस्थित उनको समाधिस्थलमा भेला भएर उनलाई श्रद्धाञ्जलि प्रकट गरेका थिए। आफ्नो जीवनको अंतिम समयसम्म दार्जीलिङसँग गहिरो सम्बन्ध राख्ने सिस्टर निवेदिताको 100औं पुण्यतिथिमा समेत दार्जीलिङका राजनीति अनि समाज सचेत मानिसहरु मौन देखिए।बरु, उनलाई श्रद्धा प्रकट गर्न गुवाहाटी, कोलकाता, नागपुर र सिक्किमका उनका शुभचिंतकहरु उपस्थित थिए। यी क्षेत्रबाट भेला भएका मानिसहरु सुनिता हल्देकर, महुवाधर, मनोहर जोशी, सिक्किमकी पवित्रा दाहाल अनि दार्जीलिङको रामकृष्ण वेदान्त आश्रमका स्वामी अमितानन्दले सिस्टर निवेदिताको समाधीमा श्रद्धाञ्जलि प्रकट गरेका थिए। दार्जीलिङ शहरदेखि 3 किमी टाडोमा अवस्थित मूर्दाहट्टीमा निर्मित सिस्टर निवेदिताको समाधी र स्मारकमा यस दिन राष्ट्रीय सेवक संघले एउटा छोटो श्रद्धाञ्जलि कार्यक्रम पालन गरेको थियो।
आयरल्याण्डको  एउटा शहरमा 28 अक्टोबर 1967-मा जन्म ग्रहण गरेकी सिस्टर निवेदिताले आफ्नो सम्पूर्ण जीवन नै भारतका मानिसहरुको सेवामा समर्पण गरेकी थिइन्। उनको दार्जीलिङसँग गहिरो सम्बन्ध थियो। यहाँसम्म कि उनले आफ्नो शेष दिन पनि दार्जीलिण्ङ मै बिताएकी थिइन्।उनले 13 अक्टोबर 1911`-मा यहाँको लेबोङ कार्ट रोडमा अवस्थित रोय भिल्लामा प्राण त्याग गरेकी थिइन्। उनको मृत्युको केही बर्ष पछि यहाँ उनको समाधी र स्मारक निर्माण गरिएको थियो। यस्ती महान समाजसेविकालाई दार्जीलिङले श्रद्धाञ्जलि ब्यक्त गर्न भुलि सकेको छ नै तर उनीसँग सम्बन्धित रोय भिल्ला र उनको समाधीको समेत उचित हेरचाह र संरक्षण हुन सकेको छैन। दार्जीलिङस्थित रामकृष्ण वेदांत आश्रमका स्वामी अमितानन्दले उनको कार्यहरुको उचित मूल्यांकन हुनु पर्ने बताउँदै उनको स्मरणमा अझै धेरै कामहरु गरिनु पर्ने आवश्यकता रहेको बताएका छ्न्।
Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.