
कालेबुङ १५ अकटोबर : डी के वाइबा ।
गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिको आयोजनामा यहाँको मेलाटारमा सांस्कृतिक कार्यक्रमा समपन्न भइरहेको छ। गत १२ अक्टोबर देखि सुरु भएको उक्त लोक सांस्कृतिक कार्यक्रममा मोर्चाको बिभिन्न शाखा प्रशाखाहरुबाट पार्टी कार्यकरताहरु लगायत बिभिन्न संघ संस्थाहरुले सांसकृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । कार्यक्रमको आज चौथो दिन नाम्चि न्यू लाईट एकाडेमीले आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । एकाडेमीका निर्देशक लोप्साङ लामाको अगुवाईमा आइपुगेका उक्त टोलिले कालेबुङका मानिसहरुलाई मेलाटरमा सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेर खुबै नचाए। यस अवसरमा एकाडेमीको प्रस्तुति हेर्न कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री, नेपाली चलचित्र जगतका ख्यातीप्राप्त निदेशक तुलसी घिमिरे,रेभरेन फादर पिटर लिङदामु लगायत अन्य मोर्चा नेताहरुको उपस्थिति रहेको थियो।
Post a Comment