वर्तमान राजनैतिक परिवेशमा विधायक डा० हर्क बहादुर छेत्रीको सुझाउ

कालेबुंग/६ दिसम्बर/डी० के० वाइबा - छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर जन्मेको गोर्खा जनमुक्ति मोर्चाले जुलाई महिनामा जीटीएमा सम्झौता गरेपछि अहिले जीटीए संगै जीएटीएको मुद्दा पनि चर्किंदै गइरहेको छ | जीटीएमा सम्झौता गरेर जीएटीएको मुद्दा उठेको कारण अहिलेको वर्तमान राजनैतिक परिवेशमा नै निक्कै अन्योलता सृजना भएको छ | भर्खरै कुमानीको जनसभाबाट मोर्चा प्रमुख बिमल गुरुङले पहाडको निम्ति जीटीए अनि तराई डुवर्सको निम्ति जीएटीएको घोषणा गरेपछि झन यो अन्योलता अझ बढेर गएको छ | उक्त बिषयमा मोर्चाका प्रवक्ता एवम कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्रीसित कुराकानी गर्दा वास्तवमा कुनै अन्योलता हुने कुरा छैन भनि बताएका छन् | तिनले मोर्चाले जीटीएमा सम्झौता गरेपछि जुन भू - भागहरुको निम्ति दाबी गरेको छ यसबारे आगमी पुन: १५ दिसम्बरमा हाई पावर कमिटिको बैठक भएपछि जीटीए गठन हुने बताउदै जीएटीएको निम्ति डुवर्सबाटै आन्दोलन हुनपर्छ भने | पहाडको निम्ति जीटीए गठन भएपछि तराई डुवर्समा जीएटीए गठन गरिन आन्दोलन गरिनुपर्छ अनि उक्त आन्दोलनको नेतृत्व डुवर्सबासीहरुले नै गर्नुपर्छ भनेर मोर्चा प्रमुख बिमल गुरुङले जोन बारलालाई तराई डुवर्सको नेतृत्व सुम्पेको बताए | यधपि छेत्रीको उक्त बयानमा भने भ्रम सृजना हुने प्रशस्तै ठाउँहरु रहेको छ | तिनले पहिले जीटीए गठन हुने कुरा गरे अनि मात्र जीएटीएको आन्दोलन चर्किने कुरा पनि गरे | यस्तो अवस्थामा अन्योलताको भुवरी उठ्ने छाँट रोकिने सम्भावना छैन |

गोर्खाल्याण्डको औचित्य बुझाउँने दलहरुलाई शुभकामना : 
"गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको औचित्य सबैलाई बुझाइसकेको छ | भारतको पक्ष र विपक्ष पार्टीका शिर्षस्थ नेताहरुलाई पनि बुझाइसकेका छौ | पुग्नु पर्ने ठाउँहरु मोर्चाले कतै छोडेको छैन | यता अन्य राजनैतिक दलहरुले पनि गोर्खाल्याण्डको औचित्य बुझाउने कुराहरु गर्दैछन् | यसलाई गोजमुमो पार्टीले शुभकामना दिदछ | "- उक्त कुरा डा० हर्क बहादुर छेत्रीले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन् | तिनले अन्य राजनैतिक दलहरुलाई शुभकामना दिए पनि गोर्खाल्याण्डको औचित्य मोर्चाले भन्दा धेर बुझाउन नसक्ने पनि दाबी गरे | यसै क्रममा अन्य राजनैतिक दलहरुले गोर्खाल्याण्डको औचित्य मोर्चाले भन्दा दश प्रतिशत धेर बुझाउन सके दुई हात जोडेर सलाम गर्ने पनि डा० छेत्रीले चुनौती दिए |

भागोपले मासमा होइन क्लासमा काम गर्नुपर्छ:
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउन गोर्खाल्याण्ड टास्क फोर्स गठन गर्ने भागोपले मासमा होइन क्लासमा काम गर्नुपर्ने कालेबुंगका विधायक डा० छेत्रीले सुझाउ दिएको छ | तिनले भागोपमा बुद्धिजीवीहरु रहेको बताउदै केन्द्रमा लबी बनाउने मान्छेहरु आवश्यक रहेको बताउदै यो कार्य भागोपले पुरा गर्नुपर्ने बताए | यता मास सम्हाल्ने काम हामी गर्छौ  भन्दै आफ्नो शाखाहरु २२ वटा राज्यहरुमा छ भनेर धाक पिट्नु नहुने पनि तिनले सुझाउ राखे | छुट्टै राज्यको मागमा कार्य गर्ने सबै राजनैतिक दलहरुले सही कार्य गरिरहेको अनि क्रामाकपाले कलकता र दिल्लीमा गरिरहेको धर्ना कार्यहरु स्वागत योग्य रहेको बताए | यधपि मोर्चाले जीटीए थापेर गोर्खाल्याण्ड गठनको निम्ति बाधा सृजना गर्यो भन्नु चाही अन्य दलहरुको मुर्खता रहेको बताएका छन् |
गोर्खाल्याण्डको निम्ति सबै दलले कार्य गर्नु आवश्यक रहेको बताउदै यसमा प्रत्येक मानिसहरुको आ- आफ्नो प्रकारको योगदान हुनपर्ने बताए |

विधानसभाले पारित गर्दैमा राज्य बनिन्दैन : 
उतर प्रदेशको मुख्य मन्त्री मायावतीले राज्यलाई विभाजन गरेर चार वटा थप राज्यहरु निर्माण गर्ने प्रस्ताव पारित गरेर राजनैतिक चाल चलेको डा० छेत्रीले बताएका छन् | तिनले २०१२ को राज्य विधान सभामा हेरेर यो चाल चलेको बताएका छन् | राज्य गठन नहुने पनि तिनले दाबी गरे | यधपि तिनको यो कार्य प्रशंसनीय रहेको अनि यसबाट पाठ सिक्न अनिवार्य रहेको बताएका छन् |

युवा मोर्चाले झक झकाएको राम्रो :
गोजमुमोले जीटीएमा सम्झौता गरेपनि मूल मुद्दा गोर्खाल्याण्ड छोडेको छैन भन्ने कुरा आज पनि डा० छेत्रीले पत्रकारहरु अघि दोहोराए | तिनले हाल युवा मोर्चाले गर्ने गोर्खाल्याण्डको आन्दोलन नै यस कुरोको उदाहरण रहेको पनि दाबी गरे | विगतमा सुबास घिसिंगलाई कसैले नझकझाकाएर २१ वर्ष मौन बसेको बताउदै युवा मोर्चाले मोर्चाको शिर्षस्थ नेताहरुलाई मूल मुद्दाको निम्ति झकझकाउनु राम्रो कार्य रहेको बताए | यधपि आफ्ना भात्री संगठनलाई ओली उठाउने ठाउँ मोर्चाले नदिने पनि तिनले दाबी गरेका छन् |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.