मंग्पू/केशर मोक्तान : १८ सेप्टेम्बरमा आएको बिनाशकारी भुइँचालोले पुराएको क्षति प्रति गहिरो शोक समवेदना प्रकट गर्दै राष्ट्रिय जलविद्युत परियोजना (एनएचपीसी) का प्रवन्धक निर्देशकले २ दिसम्बरको दिन सिक्किमका मुख्यमन्त्री पवन चामलिंगलाई भेट गर्दै ७ करोडको चेक प्रदान गरिसकेका छन् | तथापि दार्जीलिंगको तीन वटा महकुमा दार्जीलिंग,कालेबुंग र खर्सांगमा पनि त्यस दिन आएको भुइँचालोले धेरै नै नोक्सान पुराएको थियो भने एनएचपीसी ले छिमेकी राज्य सिक्किमसंग मात्र राहत कोष प्रदान गरेकोमा दार्जीलिंगबासीले राहत नपाएको गुनासो छ | दार्जीलिंग क्षेत्रमा पनि एनएचपीसी टिस्टा जलबिधुत परियोजना अन्तर्गत स्टेज ३ (२७माइल) अनि स्टेज ४ (कालीझोडा ) मा दुइवटा प्रोजेक्ट निर्माण भइरहेको छ भने यस क्षेत्रमा पनि भुइँचालोले धेरै नै नोक्सान पुराएकोमा मोर्चा हाइवे ब्लक कमिटिले एनएचपीसी चरण ३ र ४ का मुख्य अभियन्त प्रभारीलाई सेप्टेम्बर महिना मै राहत कोषको निम्ति एक ज्ञापन चडाएको जानकारी हाइवे ब्लक कमिटि अध्यक्ष सागर लामाले दिएका छन् | तर आज सम्म पनि दार्जीलिंगबासी भुइँचालो पिडित परिवारलाई एनएचपीसी द्वारा केहि राहत कोष नदिएको एवम केवल सिक्किमलाई मात्र आर्थिक सहयोग पुराएकोमा कसैलाई काखा अनि कसैलाई पाखा भएको स्पष्ट झल्किएको देखिन्छ | यसरी एनएचपीसीले हाल सम्ममा पनि यहाँको भुइँचालो पिडित परिवार माथि नजर नदिएकोमा मोर्चा हाइवे कमिटिले दुख प्रकट गरेका छन् | उक्त राहत कोष दिने माग गर्दै चाडै नै मोर्चा हाइवे ब्लक कमिटिले एनएचपीसी चरण ३ र ४ का मुख्य अभियन्त प्रभारीलाई भेट गर्ने जानकारी अध्यक्ष लामाले दिएका छन् | समरण रहोस एनएचपीसी महिला संगठनको पक्षबाट पहिले यहाँका सामाजिक संघ, संस्था अनि विधालयहरुलाई आवश्यक सामग्री वितरण गरिन्थ्यो भने गत दुई वर्ष देखि उक्त वितरण गरिने सामग्री पनि एनएचपीसीले नगरेको थाहा लागे पछि यस विषयमा पनि मोर्चा हाइवे ब्लक कमिटिले सम्बन्धित अधिकारी संग वार्ता गर्ने भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?