पहाडमा शिक्षक नियुक्ति विषयमा जनप्रतिनिधिहरु बोल्नुपर्छ : तारा सुन्दास

कालेबुंग.डी० के० वाइबा: पश्चिम बङ्गाल सरकारको राज्यभरी लकभक ४५ हजार शिक्षक नियुक्ति गर्ने गत २८ दिसम्बरको दिन सरकारी आदेश पत्र जारी गरेको छ | स्कूल सर्भिस कमिशन मार्फत शिक्षकहरुको नियुक्ति गर्न मंगलबार देखि फारम शुरु भएको छ | राज्य भरी विभागले ४५ हजार शिक्षकहरुको नियुक्ति गर्ने प्रक्रिया शुरु गरेपनि दार्जीलिंग पहाडका तीन वटा महकुमाहरुका निम्ति भने कुनै रिक्त पद स्वीकृत गरेको छैन | जसको कारण पहाडका शिक्षित बेकारीहरु रोजगारको अवसरबाट बंचित हुन परेको छ | दार्जीलिंग पहाडका तीन महकुमाका मानिसहरुले शिक्षक नियुक्तिमा बन्चित बन्न परेको कुरालाई लिएर माकपा नेता तारा सुन्दासले विरोध जनाएको छ | तिनले त्रिणमूल कांग्रेस सरकारको आलोचना गर्दै यस्तो सरकारी निर्णयले पहाडका मानिसहरुलाई सानी आमाको व्यवहार गरेको आरोप लगाएका छन् | तिनले विगत दिनमा राज्यभरी ५६ हजार प्राथमिक शिक्षकहरुको नियुक्तिमा पनि पहाडका मानिसहरुलाई बंचित गरेको अनि पुन: यसपल्ट सरकारले पहाडलाई थोत्रे आश्वासनमा भुलाएर वास्तविकतामा केवल ठग्ने काम गरिरहेको आरोप लगाए | पहिलेका मन्त्री अधेन्दुसेनले यसबारे पहाडका मानिसहरुले शिक्षक नियुक्तिको माग नगरेको बताएको जानकारी गराउदै अहिलेका नेताहरुले यसबारे के गर्दैछन्  भनी प्रश्न गरे | सुन्दासले पत्रकारहरुसित कुराकानी गर्दै यस सन्दर्भमा ममता ब्यनार्जीसितै पहाडका विधायकहरुको पनि आलोचना गरे | दार्जीलिंग जिल्लाको सिलिगुडी महकुमा क्षेत्रमा शिक्षक नियुक्ति हुँदा पहाडका तीन महकुमा क्षेत्रमा शिक्षक नियुक्ति हुन नसक्नु अत्यन्तै दुखको कुरा रहेको बताउदै यसबारे रेकर्ड भोटले बिजयी बनेका नेताहरु किन मौन भनी सुन्दासले प्रश्न गरे | तिनले सन् १९९० देखि दार्जीलिंग पहाडमा शिक्षकहरुको नियुक्ति नभएको जानकारी गराउदै दार्जीलिंग पहाडमा रहेका ६ सय ५६ प्राथमिक पाठशालाहरु मध्ये लकभक १९५ वटा आगमी २०१२ को अन्तसम्म बन्द हुने सम्भावना रहेको जनाए | शिक्षकहरुको नियुक्ति नभएकै कारण अब पहाडका प्राथमिक पाठशालाहरु बन्दको मुखमा पुगेको सुन्दासले दाबी गर्दै यथासिग्रह पहाडमा शिक्षक नियुक्ति हुनपर्ने माग गरे | 

बी० टी० कलेज खोल्न पर्छ : 
सरकारले प्राथमिक शिक्षक नियुक्तिको निम्ति बी० टी० अनिवार्य हुनपर्ने थोपेको नियमलाई सुन्दासले विरोध गरेका छन् | विगत २००६ देखि पहाडमा रहेका बी० टी० कलेजहरू बन्द भएर विधार्थीहरु बी० टी० गर्नबाट बन्चित भएको समयमा सरकारले यस्तो नियम थोप्न नहुने तिनले माग गरे | एकातिर बीटी कलेज बन्द गरेर अर्कोतिर बीटी अनिवार्य हुनपर्ने सरकारको नियम रहेको बताउदै सरकारले यथासिग्रह पहाडका बीटी कलेजहरू संचालन गर्नुपर्ने माग गरेका छन् | यस्तो नीतिको माकपाले सधै विरोध गर्ने तिनले ठोकुवा गरेका छन् | 

पुस्तकालय कलेज खोल्ने कुरामा मन्त्री किन मौन ?
कलेबुंगमा रहेको पुस्तकालय कलेज दीर्घ दिनदेखि बन्द अवस्थामा रहेको छ | एकातिर दार्जीलिंगमा पुस्तकालय मन्त्री अब्दुल करिम चौधरीले पुस्तक मेलाको उद्घाटन गरेका छन् भने अर्कोतिर कालेबुंगको पुस्तकालय कलेज बन्द रहेको छ | विगत दिनमा उक्त कलेज सिलिगुडी स्थानान्तर गर्ने पहल समेत भएको थियो | जसको सम्पूर्ण पहाडभरी नै विरोध समेत भएको थियो | पुस्तकालय कलेज बन्द रहेको कारण यहाँका मानिसहरु लाईबेरी साइन्स अध्यायन गर्न समेत बन्चित रहेको कुरा बताउदै यसबारे पुस्तकालय मन्त्री किन मौन भनि माकपा नेता सुन्दासले प्रश्न गरेका छन् | पहाडमा ९० वटा पुस्तकालय खोल्ने कुरा गरेतापनि पुस्तकालयमा कसलाई नियुक्ति गर्ने भन्दै पुस्तकालय कलेज झट्टै खोलेर पठन पाठन शुरु गर्नुपर्ने माग गरेका छन् | तिनले वर्तमान सरकारले कलेजमा अस्थायी रुपले काम गर्दै आइरहेका शिक्षकहरुको नियुक्ति रिन्यु गर्नुपर्ने कुरा गरेर समस्या उपार्जन गरिरहेको आरोप लगाए | विगत माकपा सरकारले कलेजमा पदाउने अस्थायी शिक्षकहरुले ६० वर्ष सम्म पदाउन सक्ने सरकारी आदेश जारी गरेको बताउदै उक्त सरकारी आदेशको कसैले उल्लङ्घन गर्न नपाउने जनाए | 

पहाडमा स्कूल सर्भिस कमिशनले नियुक्ति गर्ने कुरामा जनप्रतिनिधिहरु बोल्नुपर्छ: 
भोलि कोलकातामा राज्यका शिक्षा मन्त्री ब्रात्य बसु अनि पहाडका जेएसटीओ प्रतिनिधि लगायत विधायकहरु माझ बैठक हुने भएको छ | उक्त बैठकमा ममता सरकारको पहाड प्रतिको कोल्टे नीतिको जनप्रतिनिधिहरुले विरोध गर्नु पर्ने माग गरेका छन् | सरकारले आश्वासन दियो भनेर मख्ख पर्नु नहुने बताउदै शिक्षक नियुक्तिको सरकारी आदेशले पहाडको तीन महकुमाका शिक्षित बेकारीहरु प्रति र शिक्षा ब्यवस्था प्रति सरकार उदासिन रहेको प्रष्ट भएकोमा विधायकहरु मौन बस्नु नहुने सुझाव राखे | यदी यस्तो अवस्थामा जनप्रतिनिधिहरु मौन बसे पहाडको शिक्षा व्यवस्थामा सुधार ल्याउछु भन्ने कुराहरु सबै झुटो सावित हुने सुन्दासले दाबी गरे | दार्जीलिंग जिल्लाको एउटा अंग सिलिगुडीमा नियुक्ति गरिंदा पहाडमा पनि शिक्षक नियुक्ति अनिवार्य रुपले हुनपर्ने माग गर्दै यदी यस्तो नभए दार्जीलिंग पहाडमा शिक्षकहरुको अर्को आन्दोलन हुने तिनले जनाए | यदी यस्तो आन्दोलन भएमा केवल सरकार नै दोषी हुने थप तारा सुन्दासले बताएका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.