सुन्तले लोहापूल माघे मेलाको आज समापन

हाइवे पिकनिक पार्क अनि फरेस्ट प्रोटेकशन कमिटिको तत्वधानमा आयोजित माघे मेलाको समापन रंगा रंग सांस्कृतिक कार्यक्रम द्वारा भयो | सुन्तले र्यांगमा भएको ५ दिने माघे मेलाको समापन कार्यक्रममा बिशेष रुपले सिक्किम गान्तोकका ख्यातीप्राप्त ब्याण्ड यमहा ब्यान्डको उपस्थिति थियो | साथै अतिथि कलाकार नेपालका परिचित नृत्य कलाकार उमेश पाण्डेको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा ब्याण्ड द्वारा विभिन्न सांस्कृतिक गीतहरु प्रस्तुत गरी भीडलाई मग्न तुलाए भने उमेश पाण्डेले अझ कार्यक्रमलाई रोचक पारेका थिए | समापन कार्यक्रममा मंग्पू  कला एकाइले पनि अंश ग्रहण गरेका थिए | कला एकाइले पुराना संगीतहरुको प्रस्तुति दिएको थियो | उक्त पाँच दिने माघे मेला सफलतापुर्वक सम्पन्न भएकोमा आयोजक समितिका सभापति दल बहादुर गुरुङले संघ संस्था, नवीन ग्राम सुधार समाज, पुलिस प्रशासन प्रति आभार व्यक्त गरेका छन् | हाइवे पिकनिक पार्कको साथमा फरेस्ट प्रोटेकशन  कमिटि द्वारा पनि सहयोग गरे वापत आयोजक समितिका सयोजक सागर लामाले खरसंग वन विभाग डी० एफ० ओ० वाई० टी० एडेनलाई पनि कृतज्ञता प्रकट गरेका छन् | 
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.