कालेबुंगका पाँचवटा समाचार च्यानलहरु अनिश्चितकालीन बन्द


डी के वाइबा : कालेबुंग 9 फरवरी: अन्तत: कालेबुंगका समचार च्यानलहरु बन्द भयो। आजदेखि पूर्ण रुपले बन्द भएका समचार च्यानलहरु बन्द हुनुको कारण बारे स्थानीय क्याबल मालिक पक्षसित जान्न खोज्दा मालिक पक्षको तर्फबाट ओंकार साईनी(Onkar Shaini)ले समचार च्यानल कुनै राजनैतिका पार्टीहरुले बन्द गरेको होइन भनि स्पष्टिकरण दिए। तिनले भने मलाई आफ्नो ब्यापर चलाउँनु पर्छ त्यसर्थ केहिदिन देखि समचार च्यानलहरुलाई मुद्दा हलिदिने कुरा सुनेको कारण क्याबलको मालिक आफु भएको नातामा मैले कुनै समस्या झेल्न नचाहेका हूँ। यदि समचार च्यानलहरुलाई मुद्दा लगाए क्याबलको मालिक आफु भएको कारण मुद्दा आफुले झेल्न पर्ने समस्या सृजना हुनेछ त्यसर्थ केहि समय सम्मको निम्ति मैले नै समचार च्यानल बन्द गर्ने निर्णय लिएका हूँ भनि स्पष्ट पारेका छन। तिनले आफुलाई राजनैतिका पार्टीका नेताहरुले समचार च्यानल बन्द गर्ने दबाउ नदिएको स्पष्ट पार्दै कुनै समस्या सृजना नहोस भन्ने आफ्नो चाह रहेको बताए। यसबारेमा तिनले सबैसित कुराकानी गरेर समस्याको समाधान सुत्र निकाल्ने बताउँदै समस्याको समाधन ननिस्के सम्म समचार च्यानलहरु बन्द नै राख्ने तिनले अझ बताएका छन।
यता गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीका प्रवक्ता एंव कालेबुंगका बिधायक डा हर्क बहादुर छेत्रीसित जान्न खोज्दा समचार च्यानल बन्द गर्न पार्टीले दबाव नदिएको स्पष्टिकरण दिएका छन। तिनले भने मोर्चा प्रमुख बिमल गुरुंगले समचार च्यानलहरुले सरकारी मान्यता नपाएका कुरा उठाएर च्यानलहरुको वैद्यता माथि प्रश्न उठाएका हुन तर समचार च्यानलहरु बन्द गर्ने निर्देश दिएका छैनन अनि यस बन्द सम्बधी क्याबल मालिक पक्षलाई नै थाह छ भने। तिनले आजसम्म कालेबुंगका स्थानीय समचार च्यानलहरु बेद्य छैनन भन्दै यदि यसबारेमा कसैले पनि मुद्दा लगाए असुबिधा हुने निश्चित रहेको स्पष्ट पारे। क़ुनै पनि क्याबलमा समचार प्रशारण गर्दा कार्यक्रमको वेद्यता हुन आवश्यक छ सायद कार्यक्रम प्रशारणको वैद्यता नभएको कारण नै मालिक पक्षले समचार च्यानल प्रशारण नगरेको हुनसक्छ भनि छेत्रीले पत्रकारहरुलाई बताए।
      ज्ञात रहोस, कालेबुंग लोकल क्याबलको सहयोगमा प्रशारण हुने केटीभी, हालखबर, एचपीसी, दैनन्दिनी, अनि प्रतिदिन समचार च्यानलहरुले जथाभावी बिपक्षी राजनैतिक दलका नेताहरुले दिएका नराम्रो बयानहरु प्रशारण गरेको सन्दर्भमा  गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख बिमल गुरुंगले सोम्बार यहाँको टाउँन हल अनि सिब्सुमा च्यानलहरु बिरुद्ध न्यायलयमा मुद्दा हलिदिने बताएका थिए। स्थानीय समचार च्यानलहरुको कुनै सरकारी मान्यता प्राप्त छैन। सरकारी मान्यता नपाएका समचार च्यानलहरुले मोर्चा बिरुद्ध दिएका बिपक्षी राजनैतिक दलहरुका बयानहरु प्रशारण गरेको कारण क्षुब्ध बनेका मोर्चा प्रमुख बिमल गुरुंगले च्यानल अनि च्यानल कर्मी क्षेत्रिय पत्रकाहरुलाई मुद्दा लगाउँने कुरा अघि आए पछि आजदेखि यहाँका सम्पूरण पाँचवटा समचार च्यानलहरु बन्द भयो। समचार च्यानल बन्द भए पछि समचार च्यानलहरुमा काम गरेर जीवन गुजारा गर्ने पत्रकारहरुको आजदेखि भबिष्य अन्योल बनेको छ। उता समचार च्यानहरु बन्द भए पछि कालेबुंग शहरमा किन बन्द गरियो भन्दै मानिसहरु सोधिरहेका छन। क्याबल मालिक पक्षले समचार च्यानल केहिदिनको निम्ति बन्द गरेको भएता पनि यस्को पुन शुरु हुन्छ के भन्ने बिषयमा सन्देह जागेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.