समचार च्यानलहरु बन्द गरेको गोजमुमो पार्टीलाई कुनै जानकारी थिएन - बिनय तामंग

डी के वाइबा : कालेबुंग 10 फरवरी: कालेबुंगका स्थानीय 5 वटा समचार च्यानलहरु गोजमुमो पार्टीलाई जानकारी नभई बन्द भएको गोजमुमो पार्टीका केन्द्रिय कमिटि सहाचिव बिनय तामंगले भनेका छन। समचार च्यानल मालिक पक्षले बन्द गर्न अघि न त पार्टीलाई जानकारी दिए न त बन्द भएर नै जानकारी दिए भनि तिनले पत्रकारहरुलाई बताएका छन।  आज तिनले कालेबुंग मोर्चा पार्टी कार्यलयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिँदै 5 वटा समचार च्यानलहरु किन बन्द भयो भन्ने कुरामा मोर्चाले पनि छनबीन शुरु गरेको जानकारी दिएका छन। तिनले – समाचार च्यानल बन्द गर्नु पर्छ भनेर मोर्चा प्रमुख बिमल गुरुंगले भनेका छैनन। तिनले केवल समचार च्यानलमा प्रशारण हुने समाचारहरुमा अन्य राजनैतिक दलका नेताहरुले निच भाषाका प्रयोग गरेको सन्दर्भमा मुद्दा हलिदिने कुरा गरेका तिए तर, समाचार च्यानल बन्द गर्नु भनेका छैनन भने । यसैक्रममा तिनले गणतन्त्रमा सबैलाई बोल्ने अधिकार छ तर अधिकार छ भन्दैमा कुनै पनि व्यक्ति बिशेषलाई निच भाषाको प्रयोग गर्छ भने त्यसमा हाम्रो आपत्ति छ भनि थप बताए। समचार च्यानलहरु कसरी अनि कुन कारणले बन्द भयो भन्ने कुरा पार्टीलाई अगावै जानकारी नभएको पुन: दाबी गर्दै बन्दको कारण क्याबल मालिक पक्षलाई नै थाहा हुने तिनले बताए। तिनले पत्रकारहरुसित कुराकानी गर्दै राजनैतिक पार्टीका नेताहरुले राजनीतिमा बिपक्षी दलका नेताहरु माथि अनेकौ प्रहार गर्नु राजनैतिक धर्म रहेको बताउँदै तर यस्ता गालीहरु समचार च्यानलमा देखाईनु भने सही नरहेको दाबी गरे। यसरी नै गोजमुमो स्टडी फोरामका सदस्य आर बी भुजेलले पनि समाचार च्यानलहरु बन्द भएको पार्टीलाई कुनै जानकारी नभएको स्पसष्टिकरण दिदै कतिपय समचार च्यानलहरुमा देखाईने समाचारहरुमा निचभाषाको प्रयोग भएको कारण मोर्चा प्रमुख गुरुंगले आपत्ति जनाएको बताएका छन।
यता कालेबुंग नागरीक अधीकार मंचले कालेबुंगका समचार च्यानलहरु बन्द भएको सन्दर्भमा आपत्ती जनाएको छ। यसै सन्दर्भमा नागरीक अधीकार मंच कोर कमिटिको बैठक आज सम्पन्न भयो। उक्त बैठक पछि पत्रकारहरुसित कुराकानी गर्दै संगठनका सचिव पी के प्रधानले क्याबल मालिक पक्षले समाचार हेर्ने जनसाधरण अनि समाचार च्यानल चलाउँनेहरुलाई कुनै सूचना नदिई समाचार बन्द गर्नु नागरीकहरुले अधीकार खोसिनु हो भनि दाबी गरे। तिनले समचार प्रशारणमा रोक लगाउँन अघि सबैलाई सूचना दिनुपर्ने बताउँदै बिना सूचना कसरी मालिक पक्षले बन्द गरे ? भनि प्रश्न गरे। बिना सूचना समाचार प्रशारणमा रोक लगाउँनु नागरीक अधीकार खोसिनु हो भन्दै नागरीकहरु अधीकार मालिक पक्षले खोस्न ठीक नरहेको अनि यसमा नागरीक अधीकार मंचको घोर बिरोध रहेको सचिव प्रधानले बताए।
स्मरण रहोस कालेबुंगमा 5 वटा समाचार च्यानलहरुले दैनिक बिहान अनि बेलुकी आधा घण्टाको समाचार स्थानीय क्याबलमार्फत प्रशारण गर्ने गर्दछ। उक्त सम्पूरण समाचार च्यानलहरु 8 फरवरी देखि मालिक पक्षले बिना सूचना बन्द गरिदिएको छ। श्रमजीवि पत्रकारहरुको प्रयासमा दैनिक सम्पूर्ण मानिसहरुले उक्त समाचार च्यानलकै माध्यमबाट सबै कुराको जानकारीहरु पाउँदै आईरहेका छन। तर मालिक पक्षले अचानक समाचार प्रशारणमा रोक लगाए पछि शहरमा सबैले यसबारेमा चर्चा गर्न शुरु गरेका छन। बिशेष गोजमुमो पार्टी प्रमुख बिमल गुरुंगले 6 फरवरको दिन यहाँको टाउन हल अनि 8 फरवरीको दिन सिब्सुमा कालेबुंगका समाचार च्यानलहरुलाई मुद्दा हालिदिने खुल्ला घोषणा गरेपछि क्याबल मालिक पक्षले एका एक समचार प्रशारणमा रोक लगाएको छ। तिनले समचार च्यानलहरुलाई मुद्दा हालिदिने घोषण गरेता पनि समाचार च्यानल बन्द गर्ने घोषणा गरेका थिएनन। तर तिनले मुद्दा हलिदिने घोषणा गर्न साथै समाचार प्रशारणमा क्याबल मालिक पक्षले रोक लगाएका कारण साधरण मानिसहरुको क्याबल मालिक पक्ष प्रति दिनोदिन असन्तुष्टि बडन थालएको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.