श्रमजीवि पत्रकारहरुको सुरक्षा जिल्ला प्रशासनले लिनु पर्ने पत्रकार संगठनहरुको माग

डी के वाइबा: कालेबुंग 11 फरवरी: कालेबुंगमा बिगत केहिदिन देखि श्रमजीवि पत्रकारहरुले जुन राजनैतिक बयान बाजी पछि गरिरहेको असुरक्षमा कालेबुंग प्रेस क्लबले गहिरो चिन्ता ब्यक्त गरेको छ। कलेबुंग प्रेस क्लबका अध्यक्ष अरुण कुमार रसाईलीको अध्यक्षतामा बसेको सभामा पत्रकारहरु माथि भईरहेको मनोबैज्ञानिक दबावको ब्यापक चर्चा गरियो। स्वाधीन भारतमा गणतन्त्रको चौथो स्थम्भ मानिने पत्रकारिता जगतमा कुनै पनि राजनैतिक पार्टीको दबाव गणतन्त्रको ह्त्या हो भन्ने संगठनले दाबी गरेको छ। पत्रकार माथि कुनै पनि राजनितिक दबाव हुन नहुने बताउँदै सबैले पत्रकारहरुलाई निस्पक्ष लेख्ने वातावरण सृजना गरिदिनु पर्ने संगठनले माग गरेको छ। हाल कालेबुंगका पत्रकारहरुले जुन प्रकारको असुरक्षा महसुस गरिरहेका छन यसमा जिल्ला प्रशासनले हस्तक्षेप गरेर पत्रकारहरुको सुरक्षामा ध्यान दिई निस्पक्ष समाचार लेख्न सक्ने वातावरण बनाईदिनु पर्ने प्रेस क्बले माग गरेको छ। पत्रकारहरु गणतन्त्रका स्तम्भ हुन भन्दै गणतन्त्रको स्तमभमाथि ह्स्तक्षेप स्वीकार्य नरहने कालेबुंग प्रेस क्लबले ठहर गरेको छ। बिगतका आन्दोलनमा पत्रकारहरुले ज्यान गुमाएका कुराहरु झिकेर पत्रकारहरु माथि अप्रत्यक्ष रुपले मानिसिक दबाव दिने कार्य कुनै पनि राजनितिक पार्टीहरुले गर्न नहुने अनि यस्तो राजनैतिक बयान बाजीले पत्रकारहरुको सुरक्षामा खत्रा हुने भएको कारण पत्रकार.हरुको सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासनले गर्नु पर्ने संगठनले माग गरेको छ। बर्तमान समयमा पत्रकारहरुले पत्रकारहरुले जुन प्रकारको असुरक्षाको अनुभव गरिरहेका छन यस्तो वतावरणलाई प्रशासनले पुनर्बहाली गरेर स्वाभाविक वातावरण बनाउँन पर्ने पनि संगठनले माग गरेको छ। कालेबुंग प्रेस क्लबका अध्यक्ष अरुणकुमार रसाईली अनि सचिव अरुण राईद्वारा हस्ताक्षरित प्रेस बिज्ञाप्तीमा सम्पूर्ण श्रमजीवि पत्रकारहरुको सुरक्षामा यथाशिघ्र प्रशासनले पहल गर्नु पर्ने माग गरेको छ।
      अर्कोतिर जर्नलिष्ट एसोसिएसन अफ कालेबुंगले पनि श्रमजीवि पत्रकारहरुको सुरक्षा र गणतन्त्रको हितमा प्रशासनको हस्तक्षेप यथाशिघ्र हुन पर्ने माग गरेको छ। हाल पत्रकारहरु माथि जुन प्रकारले अस्सीको दशकमा कालेबुंगमा पत्रकारहरुको हत्या गरिएको थियो भन्दै पत्रकारहरुलाई अप्रत्यक्ष दबाव बानाउँने कार्य गरिरहेका छन त्यस्तो कुनै पनि राजनितिक पार्टीहरुले गर्न नहुने जर्नलिष्ट एसोसिएसनले माग गरेको छ। यसरी पत्रकारहरु माथि दबाव हुँदा प्रशासनले हस्तक्षेप गर्नु पर्ने एसोसिएसनका अध्यक्ष भुवन खनालद्वारा जारी बिज्ञाप्तीमा माग गरेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.