गोर्खाल्याण्डको बिरोध र बिधायकहरुको मौनतामा अभागोलिले ऊठायो प्रश्न | डा ईन्द्रबहादुर राईले बङ्ग भूषण फिर्ता गर्नु पर्छ

डी के वाइबा: कालेबुङ १३ फरवरी; नेपाली साहित्य जगतका महान साहित्याकार डा ईन्द्रबाहादुर राईलाई बङ्ग भूषण पुरसकार दिएर तिनकै आघि गोर्खालयाण्ड राज्य गठन हुँदैन भनेर मुख्य मन्त्री ममता ब्यानर्जीले भन्दा तत्काल तिनले उक्त पुरस्कार फिर्ता दिनु पर्ने भनि अखिल भारतीय गोर्खालिग(अभागोली) पार्टीका महासचिव प्रताप खातिले भनेका छन्। आज तिनले पत्रकारहरुसित कुराकानी गर्दै बिगत भाषा मान्यताको आन्दोलनमा जसरी मोरराजी देसाईले नेपाली भाषा बिदेशी हो भन्दा साहित्य अकादमी पुरस्कार फिर्ता गारेर बिरोध गरेका  थिए त्यसरी नै बङ्ग भूषण पुरस्कार पनि फिर्ता गरेर बिरोध गर्नु पर्ने खातिले बताएका छन्। गोर्खाल्याण्डको मुद्दासित सम्पूर्ण गोर्खाहरुको भावना जोडेको बताउँदै यो गोर्खाहरुको अपमान हो भनि तिनले टिप्पणी गरेका छन्। नेपाली भाषालाई बिदेशी भाषाको लाञ्छना लगाउँदा राईले साहित्य अकादमी जस्तो गारिमामय पुरस्कार फिर्ता गरेर गोर्खा जातिको आत्म सम्मान बचाएको बताउँदै अहिले तृणमुल काङ्ग्रेसले मोर्चासित मिलेर सानो पुरस्कारमा ठूलो बदनाम गरेको आरोप लगाएका छन्। यो बदनाम केवल महान साहित्यकार डा ईन्द्रबहादुर राईको मात्र नभएर सम्पूर्ण गोर्खा जातिको नै बदनाम रहेको अभागोलि महासचिव प्रताप खातिले दाबी गरेका छन्। यस्तो कार्यले डा राईको महानतालाई समेत बदनाम गरेको बताउँदै गोर्खाहरुको राष्ट्रिय चिन्हारीको मुद्दा गोर्खल्याण्डको दाबीमा उक्त पुरस्कार फिर्ता गरिदिने तिनले आह्वान गरे। अर्कोतिर खातिले मुख्यमन्त्री ममता ब्यानर्जीले ‘बङ्ग भङ्ग होबेना’ भनेको सन्दर्भमा पनि बिरोध जनाएको छ। मुख्य मन्त्रीले ‘बङ्ग भङ्ग होबेना’ भनेर छुट्टै राज्य गोर्खाल्याण्डको बिरोध गर्नु संवैधानिक मागको बिरोध गर्नु रहेको बताउँदै संबिधानले दिएको अधिकारलाई कसैले रोक्न नसक्ने दाबी गरे। गोर्खाल्याण्धको मुद्दा नितान्त संवैधानिक मुद्दा रहेको कारण यसको बिरोध गर्नु भनेको संविधान कै बिरोध गर्नु रहेको तिनले स्पष्ट पारे। हाल तिनी पहाडका राजनैतिक दल गोजमिमो सित मिलेर गोर्खाहरुको संवैधानिक मागलाई दबाऊने षडयन्त्र रचिरहेको आरोप लगाउँदै यसको परिणाम भयानक हुन सक्ने तिनले चेतावनी दिए। अहिले मुख्य मन्त्री गोजमुमो सित मिलेर आगोमा खेलिरहेको बताउँदै जनता सडकमा ओर्लिएको दिन कसैले रोक्न नसक्ने तिनले बताए। यसैक्रममा तिनले सिलगढीमा पहाडका बिधायकहरु कै अघि गोर्खल्याण्ड हुँदैन भन्दा जन प्रतिनिधीहरु किन मौन बसे ? भन्ने प्रश्न गर्दै जनताले गोर्खल्याण्डको निम्ति भनेर भोटमा बिजयी बनाई जिताएका नेताहरु मौन बस्नाले ममता ब्यानर्जीकै पक्षमा लागेर जनताको ईच्छा दबाउँने कार्य गरेको आरोप लगाएका छन। गोर्खाल्याण्डको मुद्दा राज्यसभामा उठाउँछु भनेर बिजयी बनेका नेताहरुले मुख्य मन्त्रीले गोर्खल्याण्ड हुँदैन भन्दा किन तत्काल बिरोध गरेन भन्दै यस कुराले जनप्रतिनिधीहरुले जनताको भावनालाई कदर नगरेको स्पष्ट बनेको तिनले बताए। एकातिर छुट्टै राज्य गोर्खल्याण्डको निम्ति आफुहरु ईमान्दार रहेको बताउँछन् भने अर्कोतिर गोर्खाल्याण्डकै बिरोध आफ्नै अघि हुँदा नेताहरुले किन केहि भन्न सक्तैनन भनि तिनले प्रश्न गरे। तिनले उक्त कुराको घोर बिरोध गर्दै जनताको भावनामा खेल्ने नेताहरुकै कारण आज दिनोदिन गोर्खाहरु माथि थिचो मिचो भईरहेको बताएका छन्।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.