डी के वाइबा: कालेबुङ १६ फरवरी; गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेता छत्र सुब्बाले दार्जीलिङ पहाडमा पुन: एकचोटि छुट्टै राज्य गोर्खाल्याणडको आन्दोलन गर्ने केहिदिन अघि घोषणा गरे पछि अहिले सबै मानिसहरुको ध्यान तिनी माथिनै केन्द्रित बनेको छ। बिगत गोरामुमोको प्रमुख सुवास घिसिङको नेतृत्वमा चलेको हिंसात्मक आन्दोलनमा गोर्खा भोलेन्टियर सेल (जीभिसी) चिफ रहेका सुब्बाले यसचोटि कस्तो किसिमको आन्दोलन गर्नेहुन् भन्ने मानिसहरुले धारणा राखिरहेको समयमा आन्दोलन गणतान्त्रिक अनि शान्ति पूर्ण तरिकाले गर्ने तिनको बयान प्रकाशमा आए पछि झन दिनो दिन तिनको चर्चा अहिले घरी सबैले गर्न थालेका छन्। गोजमुमो पार्टीले सम्झौता गरेको ब्यवस्था जीटीएले गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा नबोक्ने दाबी गर्दै केवल गोर्खल्याण्ड राज्यले मात्र गोर्खाहरुको सपना साकार हुने दाबी गर्दै गोर्खाल्याण्ड कै निम्ति पुन: आन्दोलन गर्ने सञ्चार माध्यमहरुमा तिनले एक पछि अर्को बयान दिन थाले पछि झन तिनको चर्चाले बिस्तारै गति पक्रिन थालेको छ। एकातिर जीटिएको गठनमा बिलम्ब भईरहेको छ भने अर्को तर्फ सुब्बाले आन्दोलन थाल्ने घोषणा गरे पछि हाल तिनी माथि पहाडका शक्ति शाली राजनैतिक दल अनि बिपक्षी राजनैतिक दलहरुको गिद्दे नजर तिनी माथिनै परेको छ। यति मात्र होइन सुब्बाको बर्तमान क्रिया कलाप माथि खुफिया बिभागको नजर पनि उत्तिकै परेको छ।
सुब्बाले केहि दिन अघि आफू एकमात्र गोर्खल्याण्डको ईमान्दार नेता रहेको दाबी गर्दै आन्दोलनलाई अघि बडाउँने बताएका थिए। तर अहिले तिनले सामिहिक आन्दोलनको कुरा गर्न थालेका छन्। गोर्खाल्याण्डको आन्दोलन सामुहिक आन्दोलनले मात्र पार लगाउँ सक्ने सुब्बाले मन्तब्य प्रकट गरे पछि आज पहाडका बिभिन्न राजनैति दलहारुले तिनको कुरालाई स्वागत जनाएका छन्। सुब्बाले बिगत दिनहरुको आन्दोलन अनि बर्तमान समयको आन्दोलन बिफल हुनुको मूल कारक तत्व एकल नेतृत्व रहेको अनि यसलाई सफल पार्न सामुहिक नेतृत्व नै महत्व पूर्ण हुने बताए पछि गोर्खाल्याणड टास्क फोर्स, क्रामाकपा, अनि हिल काङ्ग्रेसले सुब्बाको बयान प्रति सवागत जानेको छ। गोर्खाल्याणड टास्क फोर्स एंव भारतिय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले छत्रले सुब्बाले सामुहिकताको कुरा गरेर राम्रो पहल गरेको बताएका छन्। बिगत दिनहरुमा एकल नेतृत्वको कारण गोर्खाल्याण्ड राज्य हुन नसकेको छत्र सुब्बाको बयान सही रहेको बताउँदै आज आएर तिनले सामुहिक नेतृत्वको कुरा गरे बुद्धिमानी काम गरेको प्रधानले थप बताए। तिनले सुब्बाले आगमी दिनमा आन्दोलन सुरु गरे पछि मात्र आन्दोलन कस्तो किसिमको हुनेछ भनेर जनताले जान्न सक्ने बताउँदै यदि गणतान्त्रिक आन्दोलन गरेर टास्क फोर्समा सामेल हुन चाहे सवागत गर्ने तिनले थप बताए। टास्क फोर्समा कुनै ब्यक्ति नभएको बताउँदै यो बिभिन्न राजनैतिक दलहरुको सामुहिक मञ्च रहेको तिनले स्पष्ट पार्दै यदि छत्र सुब्बाको राजनैतिक दल टास्क फोर्समा ईमान्दार भएर मुद्दाको निम्ति आउँन चाहे स्वागत गर्ने थप प्रधानले बताए। यसरी नै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले छत्र सुब्बाले सामुहिक्ताको जुन निर्णय लिएका छन् उक्त निर्णय एकदमै स्वागत योग्य रहेको बताए। सुब्बाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन यदि आगमी दिनमा गणतान्त्रिक अनि शान्तिप्रिय तरिकाले गरेको खण्डमा क्रामाकपाले समर्थन गर्ने बताउँदै एकल नेतृत्वकै कारण गोर्खाल्याणड हुन नसकेको सुब्बाको बयाना सय प्रतिशत सही रहेको तिनले दाबी गरे। हाल क्रामाकपाले भारतको बिभिन्न स्थानहरुमा छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा कार्यहरु गर्दै आएको बताउँदै छुट्टै राज्य गोर्खाल्याण्डको गाणतान्त्रिक आन्दोलनमा सबै अघि आउँनु पर्ने तिनले आह्वान गरे। यता हिल काङ्ग्रेसले पनि सुब्बाको सामुहिकताको कुरालाई सवागत जनाएको छ। हिल काङ्ग्रेसका सचिव दिलिप प्रधानले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति छत्र सुब्बाले गरेको सामुहिक नेतृत्वको कुरा एकदमै स्वागत योग्य रहेको बताउँदै यदि तिनले हिल काङ्ग्रेसलाई निम्ताए उक्त कुरालाई जिल्ला समितिमा राखेर चर्चा गर्ने बताए। हिल काङ्ग्रेस संधै छुट्टै राज्य गोर्खाल्याण्डको पक्षधरमा रहेको बताउँदै गणतान्त्रिक तरिकाले आन्दोलनलाई अघि बडाउँने राजनैतिक दलहारुलाई समर्थन गर्ने तिनले थप बताए।
Post a Comment
We love to hear from you! What's on your mind?