कसैले बजार बन्द नडाकी आज बिहान ११ बजे देखि १ बजे सम्म बजार बन्द

डी के वाइबा: कालेबुङ १९ फरवरी : कसैले बजार बन्द नडाके पनि आज बिहान ११ बजे देखि १ बजे सम्म बन्द रह्यो । गोर्खाल्याण्ड राज्य गठनको मागमा जनमुक्ति माईनोरेटी फोरमका सद्सयहरु सडकमा ओर्लिएको कारण उक्त बन्द भएको थियो। एकातिर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले गत १८ जुलाईको दिन सम्झौता भएको जीटीए पहाडमा लागु गर्न सरकारलाई डेडलाईन दिएको छ भने अर्को तिर मोर्चाकै भातृ संगठनहरु भने गोर्खाल्याण्ड राज्य गठनको मागमा सडकमा नाराबाजी गर्न ओर्लिरहेको छ। बिगत हप्तादेखि सुरु भएको आईतबारे जुलुस कार्यक्रममा आज मोर्चाको भातृ संगठन माईनोरेटि फोरमले सहभागिता जनाएको थियो। यस अवसरमा सम्पूर्ण दोकानपाठहरू तीन घण्टाको निम्ति बन्द राखी  स्थानीय व्यापारीहरू पनि सड्‌कमा ओर्लिएका थिए यहाँको डम्बर चौकबाट सुरु भएको  जुलूसले नगर परिक्रमा गरेपछि पुन: डम्बरचोकमा आइपुगेर जनसभामा परिणत भयो। गोजमुमोले वी वान्ट जीटीए नभनेको बताउँदै गोर्खाल्याण्डको खुडकिलोको रूपमा जीटीए सरकारले दिएकोले वाध्यतावश मोर्चाले सम्झौता गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइनोरिटी फोरमका सचिव डेण्डुप भोटियाले बताए। तनले बिगत अनि बर्तमानको आन्दोलनमा माईनोरेटि फोरमले सहयोग गरेको बताउँदै भावि सनतानको निम्ति गोर्खाल्याण्ड नितान्त आवश्यक रहेको दाबी गरे बिगत दिनमा सुवास घिसिङले चलाएको आन्दोलनमा पनि आफुहरुले लडेको बताउँदै गोर्खाल्याण्डको निम्ति माईनोरेटि फोरम संधै लडन तयार रहेको भोटियाले थप दाबी गरे। गोजमुमोलेले पहाडको विकास अनि गोर्खाल्याण्डको घडेरीको रूपमा जीटीएमा सम्झोता गर्‍यो तर सम्झौता भएको 7 महिना लागिसक्दा समेत जीटीए अस्तित्वमा आउन नसकेकोले राज्य र कोन्द्रले हामीलाई राम्रो गरिरहेको जस्तो लाग्दैन भन्दै तिनले सारकारको कार्यप्रणाली माथि प्रश्न उठाए।  तिनले  गोजमुमोले ल्याएको विश्वविद्यालय, इन्जिन्यरिङ कलेजहरूमा आफ्ना नानीहरू पढ्‌न पाउनुपर्ने बताउँदै गोर्खाल्याण्डको निम्ति माइनोरिटीहरू पनि एक हुन जरूरी रहेको बताए।
 अर्कोतिर युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले केन्द्र र राज्यको झगढाकै कारण गोर्खाहरू सॉंडेको जुझाइमा बाछाको मिचाइ भइरहेको आरेप लगाए। यसै क्रममा तिनले कुनै पनि राजनैतिक दलहरुको नाम नलिईकन निकै जोडले बर्सिन्दै भतुवा कुकुरहरु रगरगी रहेको बताउँदै जनता यस्ता भततुवा कुकुरहरूदेखि होसियार रहनुपर्ने आह्वान गरे। यहॉं मौकावादीहरूले आन्दोलनलाई विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै गोजमुमो नअत्तालिकन गर्नपर्ने काम गर्दैजाने भोटियाले बताए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.