कालेबुंग | डी० के० वाइबा: पानीको पाइपहरु बिछ्याईएको छ अनि कलहरु पनि जडान गरिएको छ | तर कलहरुमा पानी आउँदैनन् , आउँछ भने केवल पाइपमा रहेका हावाहरु मात्र | अहिले घरि कालेबुंग कलेजमा मानिसहरुलाई चाहिने प्राथमिक थोकहरु मध्ये पानीको समस्या जटिल बनेको छ | कालेबुंग कलेजमा हजारौंका संख्यामा बिधार्थीहरु अध्यायन गर्छन् तर कलेजमा अध्यनरत बिधार्थीहरु भने पिउने पानीको समस्याले " काका कुली ' नै बन्न परिरहेको छ | पिउने पानीको समस्याहरु त छदैछ तर बिज्ञान विषय लिएर अध्यनरत बिधार्थीहरुको निम्ति ल्याबमा प्रयोग गरिने पानीको समस्याले झन् सबै हत्तु हैरान बन्न परिरहेको कलेज कर्त्रिपक्षले जानकारी दिएका छन् | बिभागले कलेजको निम्ति भनेर पानीको पाइपहरु जडान गरिदिए पनि अहिले घरि हप्तामा ५ सय लिटर समेत आउने नगरेको थाहा लागेको छ | जसको कारण परीक्षाको समयमा बिधार्थीहरु आफैले बाल्टीमा पानी बोकेर आफ्नो व्यवहारिक परिक्षा दिनु परिरहेको कलेज कर्त्रिपक्षले जानकारी दिएका छन् | पानीको जटिल समस्याहरुसंग जुझिरहेको कालेबुंग कलेजलाई अहिले पानीको आपूर्ति केही हदसम्म पुरा गर्न रोटरी क्लबले आफ्नो उदारता देखाएको छ | अहिले कलेजमा रोटरी क्लबले पानीको आपूर्ति पुरा गर्नको निम्ति १ लाख ६० हजार लिटर राख्न सक्ने क्षमता भएको ट्यांकी निर्माण गरिरहेको कलेजका प्राचार्य डा० आर० पी० ढकालले जानकारी दिंदै रोटरी क्लब प्रति आभार प्रकट गरेका छन् | तिनले मानिसहरुलाई चाहिने प्राथमिक थोकहरु मध्ये पानी खुबै महत्वपूर्ण रहेको बताउँदै कलेजको निम्ति क्लबले जुन प्रकारको उदारता देखाए यसमा खुबै प्रशन्नता व्यक्त गरे | तिनले कलेजका बिधार्थीहरु पानीको समस्याको करण अध्ययानको निम्ति समेत थुप्रै असुबिधाहरु झेल्न परिरहेको जानकारी दिंदै बिभागले जडान गरिदिएको पानीको पाइपहरुबाट पानीको आपूर्ति हुन नसकेको थप जानकारी दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?