डी के वाइबा: कालेबुङ, 15 मार्च। दार्जीलिङ जील्लाको सिलगडी महकुमा बाहेक तीनवटा महकुमा क्षेत्रहरु क्रमैले दार्जीलिङ, कालेबुङ अनि खर्साङलाई मात्र लिएर सरकारले त्रि स्तरीय पञ्चायत चुनाव गराए अनि पहाडका जनताले त्यस कुरालाई स्वीकार गरे उक्तकुरा कसैले भुलन नसक्ने ऐतिहासिक भुल हुने कालेबुङका पुराना राजनैतिज्ञ एंव शिक्षविद पी आर प्रधानले दाबी गरेकाछन्। तिनले आज एउटा बिशेष भेटघाटमा पत्रकारहरुसित कुराकानी गर्दै त्री स्तरीय पञ्चायत चुनाव भएर जिल्ला परिषद गठन भए राम्रो हुने तर मोर्चाले केवल तीनवटा महकुमा क्षेत्रमा मात्र स्वीकार गरे सबैको निमति हानिकारक हुने तिनले दाबी गरे। तिनले कुराकानी गर्दै सिलगढी दार्जीलिङ पहाडको महत्वपूर्ण अङ्ग रहेको बताउँदै जील्ला परिषद हुँदा सिलगढीलाई छोड्न नहुने बताए। यसपल्ट गोर्खा जनमुक्ति मोर्चाले बिगतका दिनहरुमा जस्तो दुई स्तरीय चुनाव नगराएर त्री स्तरीय चुनाव हुनपर्ने माग गरिरहेको छ भने जीटीएको सम्झौतामा समेत त्री स्तरीय पञ्चायत चुनाव हुने कुरा उल्लेख गरिएको छ। तर वर्तमान परिस्थितिमा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुनु सबैको निम्ति चुनौति पूर्ण बनेको छ। स्मरण गारइन्छ, पीआर प्रधान सन् 1979 देखि 1986 सम्म जिल्ला परिषद्का सभाधिपति रहिसकेका छन्। तिनी अनुसार एउटा पूर्ण जिल्लामा मात्र त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ सम्भव हुन्छ। जब कि दार्जीलिङ जिल्लाको एक प्रमुख अङ्ग वा महकुमा सिलगढी अहिले दागोपाप क्षेत्र बाहिर छ। पहाडको तीन महकुमाको निम्ति दागोपाप अनि सिलगढी मात्रको निम्ति महकुमा परिषद् दागोपाप ऐन अनुसार नै गठन गरिएको छ। तिनी अनुसार सिलगढीलाई अलग्गै जिल्ला बनाउने दाउमा अहिले बङ्गाल सरकारले महकुमा परिषद्लाई जिल्ला परिषद् जत्ति कै क्षमता दिएर राखिरहेको छ। ‘यस्तो अवस्थामा सिलगडीलाई छोडेर पहाडको तीनटा महकुमालाई मात्र लिएर मात्र त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गरिए दार्जीलिङगै गोर्खाहरूको निम्ति अर्को राजनैतिक ऐतिहासिक भूल हुने छ भनि प्रधानले जनाए। तिनले त्रिस्तरीय ग्राम पञ्चायतको निम्ति हतार गर्न नहुने बताउँदै यदी जीटीए तराई डुवर्स गाभेर गठन गरिए उक्त क्षेत्रहरुलाई मिलाएर जिल्ला गठन गरे पछि मात्र त्री स्तरीय चुनाव गर्नुपर्ने सुझाव दिए । सिलगढीलाई गाभेर नै त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुनुपर्ने कुरालाई तिनले जोड दिँदै यसको निम्ति प्रतीक्षा गर्नुपर्ने बताए। सिलगडीलाई छोडेर चुनाउ गराउनु गोर्खाहरूको मूल दाबीको निम्ति समेत हानी रहेको प्रधानले बताएका छन्। ‘यस्तो हुनु कानून र संविधान विरुद्धको कदम हो’-तिनले भने-‘यसैकारण सिलगढीलाई दार्जीलिङ भित्र हाले मात्र दार्जीलिङ पूर्ण जिल्ला हुने छ, जहॉं त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गर्न सकिने छ।’ यसैक्रममा तिनले तराई र डुवर्स अन्तरभुक्ति नभइ जीटीएको चुनाउको निम्ति हतार गर्नु नहुने पनि बताउँदै तराई डुवर्सको अन्तर्भुक्ति बिना चुनाव गर्नु ठिक नहुने तिनले बताए।
Post a Comment
We love to hear from you! What's on your mind?