Paragliding Starts in Kalimpong

डी के वाइबा: कालेबुङ 19 मार्च:  कालेबुङमा पर्यटन व्यवसाय दिनो दिन बिकशित भईरहेको छ। यसै सिलसिलामा आजदेखि साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाईडिंग(Paragliding) को औपचरिक उदघटन गरेर शुरुआत गरियो। उदघाटन कार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका महकुमा कर्यलयका सेकेण्ड अफिसर टी एन शेर्पाले रिबन काटेर औपचारिक उदाघाट्न गर्नुकौ साथै हिमाचलका एकजना अनि सिक्किमका सातजना पाइलटहरूद्वारा स्थानीय विज्ञान केन्द्र (Kalimpong Science Centre) नजिकको डॉंडाबाट तीनवटा प्याराग्लाइडिङको उडाए पछि प्यारा ग्लाईडिंगको सुउरुआत भएको घोषणा गरे।तिनले कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बिकासको क्षेत्रमा यस कार्यले मह्त्वपूर्ण योगदान पुर्‍याउँने विश्वास प्रकट गरे। तिनले कालेबुङमा बिभिन्न प्रकारका पर्यटनहरुको सम्भावना रहेको बताउँदै प्याराग्लाईडिंगले छुट्टै महत्व बोक्न सक्ने आशा प्रकट गरे। साहसिक पर्यटनकोरुपमा आजदेखि ठोसरुपमा विकास कै निम्ति प्याराग्लाइडिङ शुरु भएको छ भने यसभन्दा अघि साहसिक पर्यटनको क्षेत्रमा रिभर राफ्टिनग संचालन हुँदै आईरहेको छ।सेनामा प्याराग्लाइडिङ, पवर क्यास्ट्रोल, प्यारासेलिङ आदिबाट दक्ष भइ फर्किएका स्थानीय प्रशान्त राणाको विशेष पहलमा आज उदघाटन गरिएको प्याराग्लाईडिंग शुरु हुने भएको छ। मुख्य अथिति शेर्पाले सम्बोधन गर्दै साहसिक पर्यटनकोरुपमा सर्वप्रथम देशको हिमाचल प्रदेशलाई चिनिने अनि दोस्रोमा सिक्किम हुँदै अब दार्जीलिङ पहाडको पनि नाम आउनुपर्ने तिनले विचार प्रकट गरे। यसै अवधी दागोपाप पर्यटन विभागका सहसचिव  विमल गजमेरले टिस्टामा रिभर राफ्टिङ ( Teesta River Rafting ) अघिबाटै रहेको दोहोर्‍याउँदै आजदेखि शुरु भएको प्याराग्लाइडिङले यहॉंको आर्थिक स्थिति बढ्‌ने कुरामा कुनै सन्देह नरहेको जनाए। यता प्याराग्लाईडिंगको सुरुआत गर्ने प्रशान्त राणाले भविष्यमा यस स्थानमा प्याराग्लाईडिंगको विश्व प्रतियोगिता नै गर्ने सोंच  रहेको जानकारी गराए। यसका साथै तिनले कालेबुङ वरिपरिका क्षेत्रहरूमा पनि प्याराग्लाइडिङ भविष्यमा शुरु गर्ने तिनको योजना रहेको छ बाताए
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.