डी के वाइबा: कालेबुङ 9 अप्रेल। गोर्खा जन्मुक्ति मोर्चा (गोजमुमो) पार्टीले दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चलाउँदा लागेका अनेकौ मुद्दाहरु जीटीएमा सम्झौता हुँदा हत्याको मुद्दा बाहेक सबै रद्द हुने भनिएको थियो तर मोर्चा नेताहरु अझै न्यायलयमा धाउँन परिरहेको छ। गोजमुमो पार्टीका प्रवक्ता तथा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले जीटीएमा सम्झौता भए पछि मोर्चाले आन्दोलनकालमा लागेका मुद्दाहरु माफी गरिदिनु पर्ने मागमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी समेतलाई कुरा उठाउँदा तिनले तत्काल मुद्दा रद्द गर्ने निर्देश जारी गरेको जनसभा र पत्रकार सम्मेलनहरुमा समेत भन्ने गरेका थिए। तर अहिले गरी मुख्यमन्त्रीले मुद्दा माफीको निर्देश जारी गरिसकेको बताउँने डा हर्कबहादुर छेत्री नै न्यायलयमा मुद्दा धाईरहेका छन। तिनी आज स्ट्याण्डिङ कमिटी (होम)को जरुरी बैठकको निम्ति कोलकाता जानुपर्ने हुँदा हुँदै पनि उक्त बैठकमा नगएर न्यायलयमा मुद्दा धाउँन पर्यो। यस कुराले राज्य सरकारले आन्दोलनकालमा मोर्चा कार्यकर्ताहरु लगायत मोर्चा नेताहरुलाई लागेका मुद्दाहरु रद्द गरिदिने आश्वासन कतै आश्वासन मात्र होईन भन्ने प्रश्न खडा भएको छ। यी नै विधायकले केही महिना अघि भनेका थिए, मैले मुख्यमन्त्रीसित कुराकानी गरेको छु, 10 दिनभित्रमा नै सरकारी मुद्दाहरू खारेज हुनेछ। तर चार महिना बित्यो सरकारी मुद्दा खारेज हुनु त परैको कुरा तिनी आफैले मुद्दा धाउनु परिरहेको छ। यसि सिलसिलामा तिनले कुराकानी गर्दै सरकारलाई एकपल्ट भन्दैमा नहुने बताउँदै यसको निम्ति बाराम्बर दबाऊदिनुपर्ने बताए। डा छेत्रीलाई सरकारले मोर्चालाई लागेका मुद्दाहरु जनवरी महिनामा नै माफी गरिदिनेछु भनेर भनेको कुरा आफैले कतिपय पत्रकार सम्मेलन र जनसभाहरुमा भनेका थिए भनि प्रश्न गर्दा बिभागका कारिन्दाहरुले सही समयमा काम नगरेको कारण मुद्दा लमिन्दै गईरहेको दाबी गरे।

Post a Comment
We love to hear from you! What's on your mind?