मंग्पू अम्बेडकर विधालयले डा० अम्बेडकर जयन्ती पालन गरे

मंग्पू | केशर मोक्तान: आज मंग्पू अम्बेडकर विधालयले भव्यताको साथ बाबा साहेब भीमराव अम्बेडकरको जन्म जयन्ती स्थानीय रविन्द्र भवनमा पालन गर्यो | बरिष्ठ समाजसेवी एव कार्यक्रमका अध्यक्ष डी० एस० लोहारको बाहुलीबाट अम्बेडकरको तस्वीरमा दीप प्रज्वलन गरियो भने प्रमुख अतिथि एवम कालेबुंग एसयुएमआई विधालय उपप्राचार्य जायन्ट लेप्चाको बाहुलीबाट खादा अर्पण गरियो | बिधालयका प्राचार्य बिकाश गुरुङ र शिक्षिका सुजा शेर्पाले संचालन गरेको उक्त कार्यक्रममा बिधालयका नानीहरुले र्याम्स तथा सुन्दर नेपाली हिन्दी गीत साथै नृत्यहरु प्रस्तुत गरे | कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रधान अध्यापक एवम प्रमुख अतिथि जाइन्ट लेप्चाले यस विधालयमा अध्ययान गरेर चौथो श्रेणीमा टपर बन्ने विधार्थीलाई पाँचौ देखि १२ श्रेणी सम्म कालेबुंग एसयुएमआइ विधालयमा अध्ययान गर्नको निम्ति स्पोंसर्स गर्ने बचन दिए | आजको यस कार्यक्रमको विशिष्ठ अतिथिहरुमा कालेबुंग साइन्स सेन्टरबाट डा० भोज बहादुर गुरुङ , मोर्चा मंग्पू जोन सभापति प्रदीप छेत्री सचिव रतन लामा , तारा लोहार लगायत मोर्चाका शिर्ष नेताहरु उपस्थित रहेका थिए भने अभिभावकको पक्षमा सुदेश लम्जेल र रिभाइबल ब्याण्ड मंग्पूका कलाकारवर्गले सुन्दर नेपाली तथा अंग्रेजी गीत प्रस्तुत गरेपछि कार्यक्रम अध्यक्ष डी० एस० लोहारले अध्यक्ष भाषण राखे भने अन्तमा सह शिक्षक अन्दीप लेप्चाले धन्यबाद ज्ञापन गरे |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.