मंग्पूमा "निकुन्जिका साहित्य शृंखला" को दोश्रो प्रकरण सम्पन्न

मंग्पू | केशर मोक्तान:  अविनाशी कला संघको संयोजनमा " निकुन्जिका साहित्य शृंखला" को दोश्रो प्रकरण स्थानीय लाब्दा विभाग अन्तर्गत डल्फिन स्कूलमा सम्पन्न भयो | शुभद्र बोम्जन द्वारा संचालित यस कार्यक्रममा नन्द लामिछाने, संगम शर्मा, अनित खाती, आशिषदीप राई, मुनाल घिसिंग, सुभद्र बोम्जन, दिपक राई, दीप थापा, दुशयांत रामुदामु, सुजित थापा आदिले कविता, मुक्तक एवम गीत आदि पठन गरे भने दिलिप शर्माले प्रेमचन्दको " समस्या " कथाको नेपाली अनुवादलाई पठन गरे | कार्यक्रमको संयोजक एवम संघका अध्यक्ष सुजित थापाले स्व० कवि बिकाश गोतामेको गाउँमा यो प्रकरण गर्न पाउँदा वहाँलाई सम्झना गर्दै सबैलाई स्वागत जनाउँदै कार्यक्रम शुरु गरेका थिए भने आगमी तेश्रो प्रकरण रंग्बी विभाग मा १३ मई २०१२ मा हुनेछ | सबै साहित्यानुरागीलाई उपस्थित भइदिने अनुरोध संघको पक्षमा गरिएको छ |
संघले विशेषरुपमा मंग्पू  च्यानेल लाई कार्यक्रम प्रसारणको निम्ति कृतज्ञता व्यक्त गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.