सन्त मंगल एकाडेमीको वार्षिक पत्रिका लोकार्पण

मंग्पू | केशर मोक्तान: मंग्पू भेकको एक अग्रणी विधालय सन्त मंगल एकाडेमी(St. Mangal Academy Mungpoo) ले विधार्थीवर्गलाई साहित्य प्रति थप प्रोत्साहित गर्ने उदेश्यले आफनो वार्षिक पत्रिका " The Word"  को हस्तलिखित " पर्खाल " सस्करण विधालय कै प्राचार्य मनजीत थापाको अध्यक्षतामा सपन्न एक साहित्यिक सभामा लोकार्पण गरियो | विधालय कै सह० शिक्षक श्रीमान दुष्यन्त रामुदामुको सम्पादनमा प्रकाशित उक्त पत्रिकाको लोकार्पण कार्यक्रममा सातौ श्रेणीका विधार्थीवर्ग क्रमिले याचना तामांग, वांगचु डुक्पा, नेहा आले, यांग्जी शेर्पा, वासुदेव जैसी, रेश्मा थापाले स्वरचित तथा अभिज्ञ थापा दोश्रो श्रेणीले अंग्रेजी कविताको आवृति गरे | सह शिक्षिका रिचा छेत्रीले संचालन गरेको यस कार्यक्रममा चौथो श्रेणीका विधार्थीवर्गले सामुहिक लयात्मक कविता आवृति गरे अनि यसै श्रेणीका छात्र आदित्य गुरुङले सुन्दर ढंगमा एक कथा पनि वाचन गरे | कार्यक्रममा साहित्यको क्षेत्र बारेमा प्राचार्यले अनि यसको सामाजिक योगदान र आवश्यकता बारेमा पत्रिकाको सम्पादकले विधार्थीवर्गमा वक्तब्य राखे |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.