राज्य सरकारले मनपरी नीति अप्नाएर दार्जीलिङ पहाडको समस्या अझ जटिल बनाउँदैछ – तारा सुन्दास

डी के वाइबा: कालेबुङ 13 अप्रेल: दार्जीलि पहाडमा राज्य सरकारको बिभिन्न बिभागहरुमा अवकास प्राप्त कर्मचारीहरुलाई बिभागले पुन: नियुक्ति गर्न थालेको प्रक्रियामा मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) ले जोड्दार बिरोध जनाएको छ। माकपा नेता तारा सुन्दासले दार्जीलि पहाडमा रहेको बिभागहरुमा बेरोजगार युवाहरुलाई नियुक्ति गरेर बेकारी समस्याको समाधान गर्नुको साटो उल्टा अवकास प्राप्त कर्मचारीहरुलाई नै नियुक्ति गर्नु कुनै पनि हालतमा न्याय संगत नरहेको दाबी गर्दै यसको प्रतिवाद गर्न प्रत्येक शिक्षित बेरोजगारहरु अघि आफँनुपर्ने आह्वन गरे। तिनले राज्यको अन्य जिल्लाहरुमा बिभागले रिक्त स्थानहरुमा लगातार रुपना नयाँ उम्मेद्वारहरुको नियुक्ति गरिरहेको दाबी गर्दै अन्य थानहरुमा नियुक्ति हुँदा दार्जीलि पहाडको तीनवटा महकुमा क्षेत्रमा किन नियुक्ति हुँदैन भनि प्रश्न गरे। बिभागले अवकास प्राप्त कर्मचारीहरुलाई पुन: नियुक्ति गर्दा यहाँको बेरोजगार समस्या दिनोदिन थप जटिल बन्ने दाबी गर्दै बिभागले यस प्रक्रियालाई यथाशिघ्र बन्द गरेर नयाँ उम्मेद्वारहरुको नियुक्ति गरी समस्याको समाधान गर्नु पर्ने माग गरे। माकपा नेता सुन्दासले दार्जीलि, कालेबु अनि खर्सामा रहेको रोजगार केन्द्रहरुमा मोठ 82 हजार 2 सय 59 जना शिक्षित बेकारी युवाहरुले आफ्नो नाम दर्ता गरेको बताउँदै यी बेकारी युवाहरुलाई रोजगार दिनुको साटो अवकाश प्राप्त कर्मचारीहरुलाई नियुक्ति गर्दा समस्या समाधान हुनुको साटो थप जटिल हुने दाबी गर्दै भबिष्यमा बड्दो बेरोजगारहरुले कुनै आन्दोलन गरे सरकारले थेग्न गाह्रो हुने चेतावनी दिए। केहि महिना अघि मात्र पञ्चायत बिभागमा अवकास प्राप्त कर्मचारीहरुलाई नियुक्ति गर्ने बिभागले सूचना जारी गरे पछि अहिले बन बिभाग, बिद्युत बिभाग आदि सरकारी बिभागहरुमा लगातार अवकास प्राप्त कर्मचारीहरुको नियुक्ति गर्ने सूचनहारु प्रकाशित भईरहेको समयमा बेरोजगारहरु आन्दोलनको निम्ति तयार हुनुपर्ने तिनले आह्वान गरे। राज्य सरकारले दार्जीलि पहाडको समस्या समाधान गर्नुको साटो उल्टा दिनो दिन जडिल बनाईरहेको दाबी गर्दै यस्तो नितिको माकपाले सधै बिरोध गर्ने जनाए। तिनले राज्य सरकारले मनपरी नीति अप्नाएर दार्जीलि पहाडका मानिसहरुलाई रोजगारदेखि बञ्चित राख्न नपाउँने बताउँदै यदि नियुक्ति गर्छ भने राज्य भरी नै समान रुपले गर्नुपर्ने माग गरे।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.