कालेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवस पालन

डी के वाइबा:कालेबुङ 13 अप्रेल: पहिलो बैशाखको छेक पारेर आज यहाँको रामकृष्ण रंगमञ्चमा कलेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवस पालन गरियो। यसै अवसरमा पहिलो चोटि कृषक गौरव सम्मान पुरस्कारको थालनी पनि गरियो। कार्यक्रममा मुख्य अथितिका रुपमा महकुमा अधीकारी एल एन शेर्पा उपस्थित रहेका थिए। यस अवसरमा संगठनका महासचिव बिष्णु छेत्रीले कालेबुङ कृषक कल्याण सङ्गठन कृषकहरूको सङ्गठन होइन भन्दै यो मानसिकता विकास को अवधारणा हो भने। तिनले विचार निर्माणको नयॉं बाटो यस संगठन रहेको दाबी गर्दै  जुन बाटोबाट यात्रा सुरु गरेर्र पहाडका कृषकहरूले जीवनको नयॉं फाटक पुग्नेछन्‌ भन्ने संगठनले बिश्वास राखेको बताए। यसै अवसरमा अबोप्रांत पहिलो वैशाखलाई उप्रान्त कृषक गौरव सम्मान दिवसकोरुपमा पालन गर्ने तिनले घोषणा गरे। कार्यक्रमका पहिलो बैशाखको छेक पारेर पहिलो चोटि शुरु गरिएको कृषक गौरव सम्मान पुरस्कारले पहिलो चोटि नै चार जना कृषकहरुलाई सम्मानित गरियो।  केवल उद्योगपतिले मात्र चियाखेती गर्नसक्छ भन्ने ऐतिहासिक भ्र्रमलाई तोड्‌ने अनि किनारीकृत कृषकले पनि चियाखेती गरेर दार्जीलिङ ब्राण्डको फाइदा लिन सक्छ भन्ने मान्यता स्थापना गर्न सुकिया पोखरीका लघु चिया उद्योगी जेबी सुब्बा, 16 गाई पालेर अहिले दार्जीलिङ बजारमा देवान डेरीको मालिक बनेका अनि परिश्रम नै भरोसापूर्ण रोजगार हो भन्ने परिभाषा स्थापित गर्ने दार्जीलिङका मिलन देवानपाखुरे बसेका तर पाखुरे बस्न अभिशाप नरहेर अल्छेपन नै अभिशाप हो भन्ने अवधारणा ग्लाडियस फूलको खेती स्थापित गर्ने अनि लगनशील कृषककोरुपमा रहेका कालेबुङका हर्कबहादुर फागो अनि मौरी पालेर  लगनशील कृषककोरुपमा आफूलाई स्थापित गर्ने सामसिङका  आशाकुमार राईलाई आज सङ्गठनले कृषक गौरव सम्मानले सम्मानित गर्‍यो। कार्यक्रमका मुख्य अतिथि एलएन शेर्पा, विशिष्ट तिथि नावार्डका डीडीएम वाल्टर कुजुर, युनाइटेड व्याङ्‌क अफ इण्डिया सिनियर एक्डज्युकेटिभ तपन दे, कालेबुङ कृषक कल्याण सङ्गठनका सल्लाहकार कविता रहमान, आईआरआईका वरिष्ट वैज्ञानिक रविन्द्र कुमार, सीडीअरएसका अपिसर इञ्चार्ज महादेव छेत्री, हिल सोसियल वेलफेयर सोसाइटीका सचिव शोभा छेत्री उपस्थित थिए। मुख्य अतिथि अनि अन्य अतिथिहरूको बाहुलीबाट कृषक गौरव सम्मान प्रापक जेबी सुब्बा, मिलन देवान, हर्कबहादुर फोगो अनि आशाकुमार राईलाई स्मृति चिन्ह, प्रशस्तिपत्र अनि दोसल्ला ओडाएर सम्मान जनाए। यस बाहेक कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, व्याङ्‌क  अफ इण्डिया, सेभ द हिल्सका अध्यक्ष प्रफुल्ल राव, सङ्गिनी नृत्य टोली बिजनबारी, बाल सुरक्षा अभियान कालेबुङ, सेवास्टिन प्रधान, नरेन्द्र तामाङ केटीभी, माला छेत्री सन्त मेरी खरसाङ, कृषि विज्ञान केन्द्र दार्जीलिङ, जीसी सुब्बालाई पनि आज सम्वर्धना जनायो। उनीहरूलाई पनि प्रसस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो। सङ्गिनी नृत्य टोलीले लोक नृत्य प्रस्तुत गरेको थियो भने यलैबिच मनोज वोगटीको कविता संग्रह पसिनाको चालाको पनि विमोचन गरिएको थियो। कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै सह्गठनले लिएका कार्ययोजनाबारे अवगत गराए। तिनले बताए अनुसार सङ्गठनले गौ पालकहरूको निम्ति मेञ्चर क्यापिटल स्कीम शीग्र नै शुरि गर्नपर्ने बारे पहल गरिरहेको बताए। यसैबीच तिनले शीग्र नै दार्जीलिङ जिल्लामा वायोडाइभर्सिटी कमिटी गठन गरिने जानकारी पनि दिए। विभिन्न कम्पनीहरूले कृषक लगायतअन्य  नागिरकहरूबाट करोडौं लुटिरहेकोले सङ्गठनले यसको रोकथामको निम्ति व्यापक र प्रभावकारी पदक्षेप लिने पनि बताए। छेत्रीले पहाडमा नयॉं खण्डहरूको निर्माण गर्नपर्ने अनि जबसम्म नयॉं खण्ड निर्माण गर्दैन तबसम्म ग्राम पञ्चायत चुनाउ गर्न सङ्गठनले नदिने घोषणा पनि गरे। फूल खेतीको निम्ति दार्जीलिङलाई स्पेशनजोन अन्तरर्गत राखिनुपर्ने सम्बन्धमा सह्गठनले सरकारलाई दवाब दिइरहेको जनाउँदै तिनले सूचना शसक्तिकरण योजना अन्तरर्गत स्थानीय सेटलाइट च्यानलको स्थापना गर्न सक्ने भएकोले दार्जीलिङमा स्थानीय सेटलाइट च्यानल खोल्न सह्गठनले पहल तीब्र गरिरहेको जानकारी पनि दिए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.