गोर्खाल्याण्ड टास्क फोर्सले 15 दिनभित्रमा जीटीएको भूल सार्बजनिक नगरे टिस्टामा मन्साउँदा हुन्छ – बिनय तामङ

डी के वाइबा: कालेबुङ 5 मई: जीटीए सम्झौतामा गरेर भूल गर्‍यो भन्ने गोर्खाल्याण्ड टास्क फोर्सलाई अन्तत:  जनसभाबाट नै उक्त सम्झौतामा के भूल भयो भन्ने प्रश्न गर्दै गोजमुमोले आगमी 15 दिन भित्रमा भूल सार्बजनिक गर्ने समय दिएको छ। उक्त भूल सार्बजनिक गर्न नसकेको खण्डमा टास्क फोर्सलाई जनताले टिस्टामा बगाउँनु भनि चेतावनी समेत दिएको छ। गोजमुमो सहसचिव बिनय तामले आज यहाँको डम्बरचौकमा अयोजित मोर्चाको जनसभालाई सम्बोधन गर्दै गोजमुमोले सम्झौता गरेको जीटीएमा कुनै भूल नरहेको दाबी गर्दै टास्क फोर्सले भूलको कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको दाबी गरे। तिनी टास्क फोर्स माथी बर्सिन्दै यदि जीटीएको सम्झौतामा भूल रहेको छ भने 15 दिनभित्रमा उक्त भूल देखाऊ भनि खुल्ला चुनौति दिए। तिनले सम्झौता पत्रमा केवल भूल छ भनेर दाबी गर्नु मात्र ठूलो कुरा होईन भन्दै भूल छ भने पछि देखाउँन पनि सक्नु पर्छ भने। यस अवसरमा तिनले खुबै आक्रोशित स्वरमा जीटीएको बिरोध गर्नेहरुलाई राँके भूत र बीर मसानहरुको संज्ञा दिदै अब कालेबुको ग्रहजाप गर्छौ भने। यस अवसरमा तिनले क्रामाकपा अध्यक्षआरबी राई, गोबिन्द प्रधान, अभागोलि नेता प्रताप खाती, टास्क फोर्सका अध्यक्ष रेभरेन डा.एनोसदास प्रधान,आर मोक्तान,अजय दाहालको नाम लिएर मोर्चाले सम्झौता गरेको जीटीएमा के भूल छ? भने। तिनले गत 18 जुलाईमा भएको जीटीए सम्झौताको खेस्रा सरकार, मोर्चा अनि जनताको हात हातमा रहेको बताउँदै मोर्चाले जीटीए सम्झौतामा गोर्खाल्याण्डको माग ड्रप गरेको भए भूल छ भन्न सुहाउँने थ्यो भन्दै यदि ड्रप गरेको छ भने देखाऊ भनि चुनौति दिए। सम्झौतामा यस्तो भूल छ भने आफुहरु आन्दोलन गर्न छोडेर हात उठाईदिने बताए। घरी घरी मोर्चाले गोर्खाल्याण्डको माग छोड्यो भन्ने बिपक्षी राजनैतिक दलहरुलाई चुनौति दिदै यस सन्दर्भमा मोर्चाले खुल्ला प्यानल डिस्कसन राखेर तर्क गरौ भनि चुनौति दिदै उक्त प्यानल डिस्कसन आयोजनको जिम्मेवारी पनि बिपक्षी दलहरुलाई नै दिए। उक्त प्यानल डिस्कसनमा गाड़ीभाड़ा,खाने बन्दोबस्त सबै मोर्चाले नै गर्ने,जनता पनि मोर्चाले नै थुपार्ने बताउँदै तर गोर्खाल्याण्ड मोर्चाले कहॉं ड्रप गरेको छ सो कुरा बिपक्षी दलहरुले देखाउनुपर्छ भनि तिनले पुन: दोहोर्‍याए। यस अवसरमा तामाङले जीटीए सम्झौताको खेस्रा पनि पढ़ेर सभाबाट सबैलाई सुनाए। गोजमुमो स्टडी फोरमका सदस्य डा.आरबी भूजेलको अध्यक्षतामा सम्पना उक्त जंसभा लक भक पाँच घण्टा सम्म चलेको थियो भने सबै वक्ताहरले गोजमुमो पार्टीलेगोर्खाल्याण्डको माग जीटीए सम्झौता गरेर ड्रप गरेको छैन भनि दाबी गरे। सभामा भूपू सैनिक मोर्चा अध्यक्ष कर्णेल रमेश आले, गोजमुमो सांगठनिक सचिव विजय सुन्दास, सामुएल गुरूङ, गोजमुमो महकुमा समिति अध्यक्ष सरिता राई, जेएसटीओका विजय प्रधान, युवा मोर्चा महकुमा सहसचिव बारूद थापा आदिले पनि सम्बोधन गरेका थिए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.