मंग्पू | केशर मोक्तान: हरेक वर्ष " डीन्छेन सेराप छ्योलिंग गुम्बा " शान्ति चौक मंग्पूमा छ्याग्गे ङन्यूनये(ब्रत ) पुजा गरिने गरिन्छ भने यस वर्ष पनि २० मई २०१२ आइतबारको दिन देखि टुल्कु छ्यागड्रल, टुल्कु जिग्मी र टुल्कु हुलट्रीमको अगुवाईमा गरिने भएको छ | यसोसले इच्छुक धर्मानुरागीहरुले उक्त ब्रतमा भाग लिनको निम्ति अघिल्लो दिन अर्थात १९ मई शनिबारको दिन नै गुम्बामा आइदिने पुजा आयोजक समितिले निमन्त्रणा गरेको छ | यस पुनित अवसरमा अन्तिम दिन ५ जून २०१२को दिन टुल्कु लगायत रिन्पोछेबाट अभिषेक गरिनेछ |
Post a Comment
We love to hear from you! What's on your mind?