मंग्पू : गोजमुमो रेशेप शाखाको सभा

मंग्पू | केशर मोक्तान: जीटीए अस्थायी व्यवस्था मात्र हो स्थायी व्यवस्था गोर्खाल्याण्ड नै हो, गोजमुमोको जन्म नै गोर्खाल्याण्डको निम्ति भएको हो, बाध्यतावश जनताको समस्यालाई हेरेर नै हामीले जीटीए थापेका हौँ | जीटीए भए जनताको न्याय हुनेछ सबै ढुक्क भएर बस्नोस भन्दै मोर्चा रेशेप् शाखा द्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समिति सांगठानिक सचिव एवम मंग्पू  लाठ पन्चर जोन संयोजक रतन थापाले उक्त मन्तव्य जाहेर गरे | अमृत खड्काले संचालन गरेको सभालाई सम्बोधन गर्दै संयोजक थापाले जीटीए मार्फत यहाँको जनताले धेरै नै सहुलियतहरु प्राप्त गर्न सक्ने बताए | विगत वर्ष मोर्चाको गोर्खाल्याण्डको आन्दोलनमा नारी मोर्चाले सडकमा उत्रिएर आन्दोलन गरेको कारण भोलिको व्यवस्थामा नारीहरुलाई हामी हेर्नेछौ भनी थापाले बताए | बिपक्षीहरु माथि खानिन्दै तिनले आर० बी० राई र क्रामाकपाले मुखले बोलेर र पत्र पत्रिकामा मात्र आन्दोलन गरेर हुँदैन, आन्दोलनले त सडक देखि संसद सम्म हल्लाउँन सक्नु पर्छ भन्दै चुनौती दिए | आहिले हामी ग्रामीण बिकाशको परिभ्रमणमा मोर्चा अध्यक्ष बिमल गुरुङको साथ आर० बी० राईको गाउँमा घुम्दै जीर्ण अवस्थामा रहेको गाउँलाई बिकाश गर्न तर्फ लागिरहेका छौ भनि संयोजक थापाले जनाउँदै तराई डुवर्सको निम्ति वास्तविक रुपमा मोर्चाले संघर्ष गरिरहेको पनि तिनले बताए | तराई डुवर्स विषयलाई लिएर २४ मार्चको दिन कोलकोतामा दुई पक्षीय सम्झौता भइसकेको र हाई पावर कमिटिको निर्णयलाई तराई डुवर्सबाट त्यस सभामा भाग लिन गएका प्रतिनिधिहरुले सहमति जनाउने कुरो गरेको अनि जून महिनाको प्रथम सातामा हाई पावर कमिटिले रिपोर्ट बुझाउन सक्ने संकेत तिनले दिए | त्रिपक्षीय सम्झौताको आधारमा चुनाव हुनपर्छ भन्ने निर्णय लिएको कारण हामी चुनावमा जान्छौ र चुनावको निम्ति मोर्चा तयारी रहेको पनि थापाले बताए | 

अर्को वक्ता गोजमुमो मंग्पू जोन सचिव रतन लामाले मोर्चाको नेतृत्वमा विभिन्न बिकाशमूलक कार्यहरु भइरहेको बताउँदै मोर्चाको भात्री संगठन जेएसटीओ को प्रयाशमा मंग्पू सरस्वती विधालयमा यस वर्षदेखि विज्ञान विषय शुरु गर्ने मोर्चाले पहल गरिरहेको तिनले बताए | यस्तै गरि मंग्पूमा क्षेत्रीय पुस्तकालय पनि छिट्टै बनिनु पर्ने, पीएचइ विभागबाट यस क्षेत्रको निम्ति पानीको श्रोत व्यवस्था झट्टै हुन पर्ने साथै मंग्पूमा प्राथमिक स्वास्थ्य केन्द्रहरु हुन्पर्ने विषयमाथि गोजमुमोले पहल गरिरहेको लामाले बताए | 
राज्यको मुख्य मन्त्री ममता ब्यनार्जीले नेपाली अकादमी मंग्पूमा नै हुनपर्छ भन्ने बचन दिइसकेको कारण मंग्पूमा नै सिन्कोनाको पर्याप्त जमीन रहेकोले पनि नेपाली अकादमी मंग्पूमा नै हुनपर्छ भन्ने विषय माथि दिंदै सचिव रतन लामाले यस विषयमा षड्यन्त्र भइरहेको जनाउँदै मोर्चा मंग्पू जोनले यस विषयमा चाडै नै अध्यक्षसित भेट गर्ने कुरो बताए | यस्तै गरि मोर्चाको पहलमा मंग्पूमा स्टेट ब्यांक हुनपर्ने सरकार समक्ष जोड दिइरहेको र केही हप्ता अघि संयोजक रतन थापाको टोलीले मंग्पूमा स्टेट ब्यांक विषय लिएर कोलकोता पुगी स्टेट ब्यांक अधिकारीहरु सिट भेट गरिसकेकोले मंग्पूमा चाडै नै सो आवश्यकता पुरा हुने लामाले जनाएको छ |

जीटीए अस्थायी व्यवस्था मात्र हो स्थायी व्यवस्था गोर्खाल्याण्ड नै हो, गोजमुमोको जन्म नै गोर्खाल्याण्डको निम्ति भएको हो,

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.