जीटीएको समष्टि बिभाजन : शुरु भयो मोर्चा भित्रको असन्तुष्टि बिस्फोट

डी के वाइबा: कालेबुङ 28 मई: गोर्खा जनमुक्ति मोर्चाले सम्झौता गरेको जीटीएको चुनाव हुन अघि समष्टि सिमाङकनको सरकारी अधिसुचना जारी भएको केहिदिन बित्दा नबित्दै गोजमुमो पार्टी भित्रै रहेको असन्तुष्टि बिष्फोट भएको छ। दिर्घ दिनदेखि हाई वे समष्टि गठनको माग गरिरहेका हाईवे वासीले समष्टि गठनको निम्ति मोर्चा प्रमुख बिमल गुरुङबाट समेत लिखित आश्वासन पाएका थिए। मोर्चा प्रमुख गुरुङबाट लिखित आश्वासन पाए पनि अन्तत: सरकारी अधिसुचनामा हाईवे समष्टि गठन नभए पछि आज हाईवे वासीले कालेबुङ महकुमाका डिपुटी मेजिस्ट्रेट टी एन शेर्पालाई भेट गरेर हाईवे समष्टि गठन गर्नुपर्ने माग गर्दै बिभागलाई तीन दिनको अल्टिमेटम समेत दिएको छ। सरकारी अधिसुचनालाई संशोधन गरेर हाई वे समष्टिलाई छुट्टै समष्टि बनाउँनुपर्ने माग गर्दै यदि सरकारले हाईवे समष्टि गठन नगरे आगमी दिनमा हाईवे वासीले जोडदारा आन्दोलन समेत गर्ने चेतावनी दिएको छ। बिगत धेरै दिन अघिदेखि हाईवे वासीले छुट्टै समष्टि गठनको माग सरकार संग गरिरहेको बताउँदै जीटीए गठन हुँदा समेत उक्त दिर्घदिनदेखिको माग पुरा नगरेको सन्दर्भमा हाईवे वासीले रोष प्रकट गरेको छ। गोजमुमो हाईवे कमिटिका अध्यक्ष सागर लामा, उपाध्यक्ष सुकबिर राई, सचिव सचिन छेत्री, युवा मोर्चा अध्यक्ष बिशाल राई आदिको नेतृत्वमा रहेको टोलिले डिपुटि मेजिस्ट्रेटलाई भेट गरेर छुट्टै समष्टि गठनको माग गर्दै यदि गठन नगरे हाईवे वासीले आन्दोलन गर्ने चेतावनी दिए। भौगोलिक आधारमा पनि हाईवे समष्टि गठन गर्नु उचित रहेको तर्क राख्दै हाईवे समष्टि गठन नगर्दा हाईवे वासीहरुले थुप्रै समस्याहरु भोग्न पर्ने तिनीहरुले डिपुटि मेजिस्ट्रेटलाई जानकारी गराए पछि उक्त कुरालाई उच्च अधिकारी समक्ष राखिदिने तिनले आस्वासन दिएका छन। यता डिपुटि मेजिस्ट्रेटलाई ज्ञापन पत्र चडाएपछि गोजमुमो हाईवे समष्टिका अध्यक्ष सागर लामाले पत्रकरहरुसित कुराकानी गर्दै हाईवे वासीले दिर्घदिन देखि छुट्टै समष्टिको माग गरिरहेको अवगत गराउँदै जीटीएमा छुट्टै समष्टि गठनको निम्ति अधिसुचनामा नपरेको कारण सम्पूरण हाईवे वासी रुष्ट बनेको अवगत गराए। बिगत दिनहरुमा छुट्टै राज्यको आन्दोलनको निम्ति गोजमुमो पार्टीको गठंकाल देखिने हाईवे वासीले ईमान्दार संग आन्दोलन गरिरहेको बताउँदै अन्तमा यसरी समष्टि गठन गर्दा भने हाईवे वासीलाई वञ्चित राखेको कारण मानिसहरु आक्रोशित बनेको बताउँदै यस बिषयमा बिभागले यथाशिघ्र पहल नगरे हाईवे वासी आन्दोलनको निम्ति तयार रहेको जानकारी लामाले गराए। यसै सम्बन्धमा बोल्दै तिनले यदि बिभागले छुट्टै हाईवे समष्टि गठन नगरे आगमी दिनहरुमा हाईवे वासीले आमरण अन्शन, पथ अवरोध साथै हाईवे क्षेत्रमा निर्माणाधीन कार्यहरु अनिश्चितकालीन बन्द समेत गर्ने तिनले चेतावनी दिएका छन। यता यसै सम्बन्धमा गोजयुमो अध्यक्ष बिशाल राईले पत्रकारहरुलाई सम्बोधन गर्दै सरकारले समष्टि गठन गर्दा हाईवे समष्टि गठन नगरेको कारण सरकार बिकास अनि जनताको पक्षमा नरहेको प्रमाणित बनेको तिनले दाबे गर्दै हाईवे वासीलाई धोका भएको तिनले दाबी गरे। भौगोलिक आधारमा हाईवे समष्टि बनाउँन आवश्यक रहेको तिनले बताउँदै बर्तमान समयमा सरकारले समष्टि गठन गर्दा हाईवे वासीलाई बञ्चित राखेर जनताको हितमा काम नगरेको बताए। यस सम्बन्धमा गोजमुमो पार्टीका शिर्षस्थ नेताहरुले समेत ध्यान दिएर हाईवे वासीको समस्या समाधानको पहल गर्नुपर्ने तिनले माग गरेका छन।

गोर्खा जनमुक्ति मोर्चाले सम्झौता गरेको जीटीएको चुनाव हुन अघि समष्टि सिमाङकनको सरकारी अधिसुचना जारी भएको केहिदिन बित्दा नबित्दै गोजमुमो पार्टी भित्रै रहेको असन्तुष्टि बिष्फोट भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.