डी के वाइबा: कालेबुङ ३० मई: एकातिर जीटीएको ४५ वटा समष्टिमा ३१ए राष्ट्रिय राजमार्गलाई अलग्गै समष्टि गठन नगरेको सन्दर्भमा गोर्खा जनमुक्ति मोर्चा हाईवे कमिटिले सरकारलाई छुट्टै समष्टि गठनको माग गर्दै ३ दिनको अल्टिमेटम दिएको समय सिमा आज पुरा भयो भने अर्कोतिर गोजमुमो हाईवे कमिटि पनि दुई भगमा बिभाजित भएको छ। गोजमुमो हाईवे कमिटिले सरकारले छुट्टै समष्टि गठन गर्नु पार्ने माग गर्दै दिएको समय सिमा सकिएकै दिन गोजमुमो हाईवे कमिटिमा पनि फूट भएको छ। एक पक्षका मोर्चा नेताहरुले नयाँ समष्टि गठनको कुरालाई यथावत राखेको छ भने अर्को तर्फका मोर्चा नेताहरुले उनिहरुको मागलाई समर्थन नगर्ने निर्णय लिएको छ। गोजमुमो हाईवे ब्लक कमिटि अन्तर्गत रहेको मल्लि, किर्ने, मामखोला, तारखोला लगायत रम्फुसम्मका गोजमुमो प्रशाखाहरुले ब्लक कमिटिको निर्णयलाई आपत्ति जनाउँदै आज यहाँ पत्रकार सम्मेलन डाकेर हाईवे समष्टि गठन नगरे आन्दोलन गर्ने ब्लक कमटिको निर्णय आफुहरुले पालन नगर्ने मल्लि शाखा अध्यक्ष अमृत छेत्रीले जानकारी गराए। बिगत केहि दिन अघि मात्र चित्रेमा बसेको बैठकमा हाईवे समष्टि गठन नगरे आन्दोलन गर्ने हाईवे ब्लक कमिटिले निर्णय लिंदा आफुहरुको उक्त सभामा उपस्थिति नरहेको दाबी गर्दै हाईवे कमिटिले कतिपय शाखाहरुको अनुपस्थितिमा उक्त निर्णय लिएको कारण अनि उक्त निर्णय पार्टीको निम्ति नै हानिकारक रहेको कारण ब्लक कमिटिलाई सहयो नगर्ने निर्णय आफुहरुले लिएको तिनले स्पष्टिकरण दिएका छन्। छुट्टै हाईवे कमिटि गठन हुनपर्ने माग आफुहरुको समेत रहेको बताउँदै कतिपय कानुनि बाधाहरुको कारण उक्त समष्टि गठन हुन नसकेको खण्डमा पार्टी भित्रैबाट आन्दोलन गर्छु भन्ने कुरा ठिक नरहेको तिनले थप बताएका छन्। यदि हाईवे ब्लक कमिटिले छुट्टै समष्टि गठन नगरेको खण्डमा आन्दोलन गरे उक्त आन्दोलनमा मल्लिदेखि रम्फुसम्मका गोजमुमो शाखाहरुले समार्थन समेत नगर्ने तिनले सपष्ट पारेका छन्। आगमी दिनहरुमा छुट्टै समष्टि गठन नहुँदा पार्टीकै कार्यकर्ताहरुले आन्दोलन गरे पार्टी बदनाम हुने बताउँदै पार्टीलाई आफुहरुले बदनाम नगराउँन चाहेको पनि छेत्रीले बताएका छन्। यसै सिलसिलामा पार्टीले पनि जनभावनाको कदर गर्नुपर्ने माग गर्दै आफुहरुले पार्टीकै आदेशलाई पालन गरेको बताउँदै पार्टीको आदेशलाई सबैले पालन गर्नुपर्ने तिनले बताएका छन्।
अर्कोतिर गोजमुमो केन्द्रिय समितिका प्रवक्ता तथा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री सित यास बिषयमा कुराकानी गर्दा तिनले केहि दिन अघि जारी भएको समष्टि बिभाजनको सरकारी अधिसुचना अन्तिम होईन भन्दै हाल शंसोधन प्रक्रियामा रहेको बताउँदै यस बिषयमा असन्तुष्टि हुनेहरुले आफ्नो पक्ष सरकी अधिकारीवर्गलाई यथाशीघ्र राख्नुपर्ने सुझाव दिएका छन्। तिनले समष्टि छुट्टै नहुँदा जनताले कुनै मन दुखाउँने कारण नरहेको बताउँदै मोर्चाको आन्दोलन छुट्टै समष्टि गठनको निम्ति नरहेको बताए। उक्त कुरालाई मध्यनजर राखेर पार्टी कार्यकर्ताहरुले आफुहरु संगठित बनिनुको साटो टुक्रिने काम गर्नु नहुने डा छेत्रीले आह्वान गरेका छन्। हाईवे समष्टि गठनको निम्ति कानुनि अडचन थुप्रै रहेको बताउँदै कुनै पनि अन्य महकुमा क्षेत्र सित जोडिएको ईलाकालाई छुट्टै समष्टि गठन गर्न कानुनि रुइपमा गर्न सकिने प्रशासनिक तर्क रहेको तिनले जानकारी दिंदै जनता सानो कुरामा आक्रोशित नहुने तिनले जनाए। हाल मोर्चाको निम्ति तराई डुवर्सको ईलाका जीटीएमा गाभिनु पर्छ भन्ने खुबै महत्वपूर्ण बनेको समयमा स्थानिय जनता भने छुट्टै समष्टि बनिएन भनेर मन दुखाउँने काम नगर्नु भनि तिनले आह्वान गर्दै मोर्चाको आन्दोलन बर्तमान समयमा तराई डुवर्स कसरी जीटीएमा ल्याउँन सकिन्छ भन्ने रहेको तिनले थप बताए। यसै क्रममा बरु बिगतका दिनहरुमा आन्दपलनमा निस्केका जनताहरु आज समष्टि बनिएन भनेर आफेभित्र टुक्रिन थालट यसको लाभ सरकारले लिने बताउँदै सानो कुरामा जनताले आफ्नो शक्ति खेरो फ्याँक्नु नहुने तिनले बताएका छन्।

Post a Comment
We love to hear from you! What's on your mind?