राजमार्ग ५५ को वैकल्पिक मंग्पू स्टेट हाइवेमा जामको समस्या

मंग्पू |केशर मोक्तान: राष्ट्रिय राजमार्ग ५५ को वैकल्पिक सडक मंग्पू स्टेट हाइवेमा दैनिक पाँच हजार जति गाडी गुडिरहेको कारण यहाँ सडक जामको समस्या दिन दिनै बढ्दै गइरहेको छ | विगत वर्षदेखि नै राजमार्ग ५५ बन्द भएदेखि यता पहाड देखि समतल ओहोर - दोहर गर्ने मालवाहक/ यात्रीवाहक गाडीहरु मंग्पू पी० डब्ल्यु० रोड भएर कुद्ने गरेको कारण नै जामको समस्या देखा परेको छ | त्यति मात्र नभएर मंग्पू  पी० डब्ल्यु० स्टेट हाइवेलाई पी० डब्ल्यु० विभागबाट चौडादार गर्ने कार्य भइरहेको कारण पनि सडकमा गाडी धेरै बेरसम्म जाम देखिन थालेको छ | यसरी सम्बन्धित विभागले सडक चौडादार गरिरहेको समय पुलिस प्रशासनले ट्राफिक जामको समस्यालाई समाधान गर्न एक जना पुलिस कर्मीलाई तैनाथ गरिदिने स्थानीय जनताले माग गरेको छ | 
स्मरण रहोस केही महिना अघिसम्म नालीडाँडा क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न हेतु प्रत्येक दिन एक पुलिस कर्मीलाई तैनाथ गरिएको हुँदा प्रत्येक दिन हुने जामबाट धेरै नै राहत पाएको थियो भने पुलिस ट्राफिक कन्ट्रोल गर्न छोडेपछि फेरि जामको समस्या बढ्दै गएको स्थानीय जनताको भनाई छ | बिशेष: बिहान सात बजेदेखि नौ बजेसम्म दार्जीलिंग देखि सिलिगुडी झर्ने मालवाहक गाडीहरुको ताँतीले साथै स्थानीय चालकवर्गले लापरवाहीसाथ गाडी राखेकोले गर्दा नै जामको समस्या धेरै भएको देखिन्छ | बिहानै हुने जामले नालीडाँडा क्षेत्रमा विधार्थी नानीहरु तथा वृद अवस्थामा पुगेका मानिसहरुलाई हिड्डुल गर्न एकदमै असुविस्ता भइरहेको छ भने  यसरी दैनिक रुपमा हुने ट्राफिक जामदेखि फुत्कन पाएका गाडी चालकहरुको बेहिसाब रफ्तारमा कुदाइएको गाडीहरुले कुनै पनि समय अप्रिय दुर्घटना घट्दैन भन्न सकिंदैन | 

राष्ट्रिय राजमार्ग ५५ को वैकल्पिक सडक मंग्पू स्टेट हाइवेमा दैनिक पाँच हजार जति गाडी गुडिरहेको कारण यहाँ सडक जामको समस्या दिन दिनै बढ्दै गइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.