मंग्पू |केशर मोक्तान: हालमा सिन्कोना उद्योगलाई राज्यको हर्टिकल्चर एवम खाद्य प्रकरण विभागले देखरेख गरिरहेका छन् भने उक्त विभागका सह सचिवले आज प्रथम चोटि बन्द अवस्थामा रहेको कुइलेन कारखानाको परिभ्रमण गरे | सह सचिवले सिन्कोना बगान निर्देशकको साथमा यहाँको रयांगटार, नर्सरी, सुरेल बंगलो तथा पानी संरक्षण केन्द्रहरुको परिभ्रमण गरे | सिन्कोनाको अवस्था बारे साथै बन्द अवस्थामा रहेको कुइलेन कारखाना बारे पत्रकारहरुले प्रश्न राख्दा अधिकारीवर्गले यस कारखानालाई सरकारले चलाउनको निम्ति पुन: प्रयास गरिरहेको बताए |
अर्कोतिर सिन्कोना बगानको व्यवस्थापकको पद रिक्त रहिआएकोले बगान व्यवस्थापनलाई काम गर्न धेरै असुविधा भइरहेको छ भने सिन्कोना बगान व्यवस्थापनको रिक्त पद कहिले पुरा हुन्छ भनि प्रश्न गर्दा अधिकारीवर्गले यस विषयमा कागजपत्र चलिरहेको बताउँदै सिन्कोना बगानमा थुप्रै समस्याहरु भएको कारण पालो पालो गरि सम्पूर्ण समस्याहरु सरकारले समाधान गर्ने कुरो बताए | सिन्कोना जीटीए भित्र अन्तर्भुक्त गरिएको विषयमा बुज्न चाहँदा कुनै पनि मन्तव्य दिन चाहेनन् | तथापि राज्य सरकारले हाल सम्म पहाडको दोश्रो वृहत उद्योग सिन्कोना प्रति चिन्तित रहेको बताए | कोलकाताबाट आएका ती अधिकारीहरुले १ जूनको दिन मनसोंग सिन्कोना बगानको श्रमिकहरुको घर - घरमा पुगी भ्रमण गरे भने आज मंग्पू भ्रमण पछि सिन्कोना बगान अधिकारीहरुको साथ रोंगो सिन्कोना बगान तर्फ प्रस्थान गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?