डी के वाइबा: कालेबुङ 8 जून: केहि महिना अघि तराई डुवर्स जीटीएको मुटु हो भनि दाबी गर्ने मोर्चा प्रमुख
बिमल गुरुङले बिहिबार डुवर्सका प्रतिनिधीहरुसित बसेको बैठकमा डुवर्स छोडेर जीटीएको
चुनाव गराउँने सङकेत दिदा मच्चिएको रडाकोले सन सनी छाएको छ। मोर्चाको बैठकमा
मच्चिएको रडाकोले तराई डुवर्स मोर्चाले छोडेर जीटीएको चुनाव गरे पार्टी भित्रै
आन्दोलन हुने कुरा प्राय निश्चित बनेको छ।यस्तो परिस्थितिमा जीटीएको भविष्य गठन
हुन अघि नै दिनोदिन अनिश्चित बन्दै गईरहेको छ। बिगत केहि समय यता मोर्चा प्रमुख
बिमल गुरुङले डुवर्स जीटीएमा समावेश हुन नसक्ने कुरालाई साङकेतिक रुपमा भाषणबाट
दिईरहेको कुरा बैठकमा डुवर्सका प्रतिनिधीहरुलाई आन्दोलन डुवर्सबाटै गर्नुपर्छ
भनेको कुराले डुवर्स जीटीएमा गाभिन नसक्ने पुष्टि बन्दै गईरहेको छ। तिनले तराई
डुवर्सको कमान आबिपबाट निस्काशित नेता जोहन बारलाको हातमा सुम्पेपछि तराई डुवर्स
जीटीएमा गाभिनको निम्ति जोहन बारलाले जनसमर्थन देखाउँनुपर्छ भन्दै आएको समय देखि
जीटीएमा डुवर्स नगाभिए तिनले जोहन बारलाले समर्थन देखाउँन सकेनन भनेर मोर्चाको
गल्ति ढाक्न उक्त रणनीति अप्नाएको जानिफकारहरु बताउँछन। यस्तो परिस्थितिमा
मोर्चाको केन्द्रिय समितिमा बसेको बैठकमा मोर्चा प्रमुखको बयानले रुष्ठ बनेका
मोर्चा कार्यकर्ताहरुले बैठकमानै रडाको मच्चाएको खबर आज फैकैन्दा सबै मानिसहरुले
सोहि बिषयमा चर्चा गरिरहेका थिए। तिनले भाषणमा तराई डुवर्स जीटीएको मुटु हो भनि
दाबी गरेको धेर समय बित्न नपाई गोजमुमो
केन्द्रिय समितिको बैठकमा बिहिबार दार्जीलिङम
रडाको मच्चिएको खबर डलेलो झै सल्किए पछि आज कालेबुङमा उक्त समाचार प्रकाशिर बनेको
दैनिक पत्रिका हाम्रो प्रजाशक्ति मानिसहरुले धुँई धुँई खोज्दा समेत पाउन सकेनन।
जसको कारण अन्तमा मानिसहरुले उक्त पत्रिकामा प्रकाशित खबर जेरोक्स गरेर नै पढे। सदा
झै आज पनि दैनिक पत्रिकाहरु कालेबुङ शहरमा बिहान आईपुगेपछि सबैको ध्यान दार्जीलिङमा
मोर्चाको बैठकमा भएको रडाको माथी परेको थियि जसको कारण उक्त खबर एकाएक शहरमा डलेलो
झै सल्कियो। उक्त खबर फैलिएपछि मानिसहरुले बिहान प्रजाशक्ति किन्दै पढे भने अन्य
मानिसहरुलाई पनि खबर देखाउँदै हिँडदा बजारमा सबैले दार्जीलिङमा मोर्चाको बैठकमा
भएको झ्याऊलाबारे चर्चा गरिरहेका थिए। बिभिन्न स्थानहरुमा मानिसहरुले उक्त चर्चा
गरिरहेको सुने पछि धेरै मानिसहरु पत्रिका पसलमा उक्त समाचार पत्र खोज्न पुग्दा सबै
पत्रिकाहरु समापन भईसकेको थियो। खबर पढने चाहना भएर पनि समाचार पत्र पाउँन नसके
पछि अन्तत: मानिसहरुले उक्त समाचार स्थानीय जेरोक्स दोकानहरुबाट जेरोक्स गरेरै भए
पनि पढे। दिन भरि शहरमा उक्त खबरबारे जतातै चर्चा चलिरहेको समयमा कतिपय मोर्चा
नेताहरुले पनि उक्त समाचार जेरोक्स गरेरै पडिरहेका थिए।
Post a Comment
We love to hear from you! What's on your mind?