२४ वर्ष पछि सिन्कोना श्रमिकहरुले बढोत्तरी बेसिक - पे थापे

मंग्पू | केशर मोक्तान: नयाँ बेसिक पेको आधारमा बगानको तलब पाएपछि सबै सिन्कोना श्रमिकवर्गमा हर्षको लहर छाएको छ | दार्जीलिंग तराइ डुवर्स प्लान्टेशन लेबर युनियनको भागिरथ प्रयासमा २९ सेप्टेम्बर २०११ देखि बेसिक पे बढोत्तरी भएतापनि आज प्रथम पल्ट सिन्कोना श्रमिकहरुले बढोत्तरी भएको बेसिक पे १२७ रुपियाँ जोडेर दैनिक हाजिरा १७१.११ रुपियाँ प्राप्त गर्न सफल भएका छन् |
गत महिनासम्म ३००० रुपियाँ मासिक तलब थाप्ने  सिन्कोना श्रमिकवर्गले यस महिनादेखि ४०६५ रुपियाँ तलब पाएका छन् | तलब बढोत्तरी भएकोमा खुशी प्रकट गर्दै बगानका एकजना श्रमिक दिनेश राईले दातडुप्लालेयु तथा मोर्चा शिर्ष नेताहरु प्रति आभार प्रकट गरेका छन् | श्रमिक राइले आफुले बगानको काममा हिंडेपछि यता प्रथम पल्ट बेसिक पे बढोत्तरी भएको जनाए | उनले पहिलेको श्रमिक संगठनले तलब बढ्ने आश्वासन मात्र दिएको बताउँदै यसपल्ट भने दातडुप्लालेयु ले श्रमिकहरुको हितमा काम गरेकोले युनियन प्रतिनिधिहरुको  प्रसंसा पनि गरे |
स्मरण रहोस, त्यस्ताकका टिस्टा बजारको दरभाव हेरेर सिन्कोनाको बेसिक पे २१ रुपियाँ ६२ पैसा सरकारले तोकेको थियो भने हालसम्म त्यही बेसिक पेको आधारमा सिन्कोना श्रमिकहरुले तलब पाउँदै थियो भने प्राय: २४ वर्षको अन्तरालमा श्रमिकवर्गको बेसिक पे मा बढोत्तरी भएको छ | दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले पत्रकारहरुसंग कुराकानी गर्दै आजको दिनमा युनियनले श्रमिकहरुको बेसिक पे बढोत्तरी गर्न सफल भएको छ भने आगमी दिनमा श्रमिकवर्गको समस्याको निम्ति पनि युनियन लडिरहने छ |

नयाँ बेसिक पेको आधारमा बगानको तलब पाएपछि सबै सिन्कोना श्रमिकवर्गमा हर्षको लहर छाएको छ | दार्जीलिंग तराइ डुवर्स प्लान्टेशन लेबर युनियनको भागिरथ प्रयासमा २९ सेप्टेम्बर २०११ देखि बेसिक पे बढोत्तरी भएतापनि आज प्रथम पल्ट सिन्कोना श्रमिकहरुले बढोत्तरी भएको बेसिक पे १२७ रुपियाँ जोडेर दैनिक हाजिरा १७१.११ रुपियाँ प्राप्त गर्न सफल भएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.