डी के वाइबा: कालेबुङ 7 जून: बाल श्रम बिरुद्ध कालेबुङ शहरमा छापा मारेको 24 घण्टा भित्रमा आज शहरमा रहेको
बिभिन्न होटल रेस्टुरेण्टहरुमा घरेलु ग्यास प्रयोग गर्नेहरु बिरुद्ध छापा मार्ने
काम भयो। पुलिस प्रशासन, अग्नि समन बिभाग, कालेबुङ नगरपालिका, महकुमा अधिकारीका प्रतिनीधि टोली आदिले सयुक्त
रुपमा चलाएको छापामारी अभियानमा बिभिन्न होटल रेस्टुरेण्ट आदिबाट मोठ 19 वटा घरेलु
ग्यास उद्धार गरिएको छ। यस अवसरमा उक्त छापा मार्ने टोलिमा डिपुटि
म्याजिस्ट्रेट टी एन शेर्पा, डिकी भोटिया,
अग्नि समन अधिकारी सुकराज सुब्बा, एस आई टी घले, नगर पार्षद द्वाय निलिमा तिरुवा
अनि बरुण भुजेल लगाय नगरपालिकाको फूड लाईसेन्स अधिकारी साहिल अन्वर उअप्स्थित
रहेका थिए। टोलिले शहरको ठूलो सानो सबै होटल रेस्टुरेण्टहरुमा अचानक छापा मार्ने
अभियान चलाउँदा दोकानेहरु सबै अकमक्क परे भने कतिपय दोकानदारहरुले छापा मार्ने
टोलीसित केहि नबुझि गालि समेत गरे। यद्यपी कुनै घटना भने घटन पाएन। आज शहरमा
चलाएको उक्त छपामारी अभियानमा मोठ 13 वटा होटल तथा रेस्टुरेण्टहरुबाट 19 वटा घरेलु
ग्यासहरु उद्धार गरिएको छ। शहरमा बडदो ग्यासको अभावको कारण धेरै दिन देखि
होटलहरुमा मानिसहरुले घरेलु ग्यासहरु प्रयोग गर्ने गरेको गुनासोहरु अघि आईरहेको समयमा
केहिदिन अघि प्रशासनले सबै होटलहरुमा 31 मई सम्म कमरसियल ग्यास जडान गर्नु भनि नोटिस
समेत दिएको थियो। प्रशासनले 1 जुनदेखि घरेलु ग्यासहरु होटलहरुमा प्रयोग गरिरहेको
खण्डमा कार्वाही समेत गर्ने नोटिस सबै दोकानहरुलाई दिएको भएता पनि आज छापा मारी
कार्यमा भएको घरेलु ग्यासहरुको उद्धारले होटलहरुमा अझै घरेलु ग्यासहरु प्रयोग
गरिरहेको कुरा प्रमाणित बनेको छ। आज भएको छापामारी अभियानमा अद्धार गरीएको जम्मै
घरेलु ग्यासहरु कालेबुङ नगरपालिकाले जफ्त गरेको छ। यस अवसरमा कालेबुङ नगरपालिकाका लाइसेन्स इन्सपेक्टर
शाहिर अहमदले भनेअनुसार आज भेटिएका घरेलु ग्यासका मालिकहरूलाई नोटिस काटिने छ अनि
आवश्यकिय जरिमाना
तिराइनेछ। यसै सिलसिलामा आज
शहरको होटल तथा रेस्टुरेण्तहरुमा छापा मार्दा कतिपय दोकानहरु एकदमै फोहोर अवस्थामा
रहेको बताउँदै उक्त दोकानहरु बिरुद्ध पनि नगरपालिकाले कार्वाही गर्ने जानकारी दिए। अर्कोतिर
डिपुटी मेजिट्रेट टीएन शेर्पाले भनेअनुसार कालेबुङमा घरेलु ग्यास हाहाकार हुनुको
कारण होटल अनि रेस्टुरेन्टहरूमा प्रयोग हुने गरेको कारणले हो। यसलै यी होटल मालिकहरूलाई व्यवसाहिय ग्यास
प्रयोग गर्नुपर्ने अल्टिमेटम दिँदा समेत उनीहरूले विभागीय पहललाई अपत्यारो
ठानेकोले नै आज छापा मारिएको हो। बिभागले यस बिषयमा
अघिदेखिनै बिशेष ध्यान दिएको कारण आज छपा मार्ने कार्य गरेको बताउँदै उक्त छपा
मार्ने कार्य लगातार रुपमा हुने तिनले जानकारी दिए।
Post a Comment
We love to hear from you! What's on your mind?