एच० एस० परिक्षामा सरस्वती हाई स्कूलबाट प्रदीप दियाली मंग्पू टपर

मंग्पू | यसपाली उच्च माध्यमिक परीक्षामा सरस्वती हाई स्कूलको ९९ प्रतिशत विधार्थीहरु उतीर्ण भएका छन्  भने सबै गरेर ६४ जना विधार्थीहरु परिक्षा बसेका थिए जस मध्ये ६३ जना विधार्थीहरु सफल भएका छन् | यी सफल विधार्थी मध्येमा रेशेप् बजार निवासी सुर्य बहादुर दियाली(मस्तान) अनि जानुकी दियालीको छोरा प्रदीप दियालीले २५६ अंक(ए) ७१.५% लिएर मंग्पू टपर भएका छन् | यसरी नै ९ जना विधार्थीहरुले ६० % भन्दा उच्च अंक हासिल गरेका छन् |  यसपाली यस विधालयको माध्यमिक परीक्षाको परिणाम पनि उत्कृष्ट ९९ प्रतिशत नै भएको थियो | छात्र प्रदीप दियालीसिट जान्न चाहँदा उनी कलेज एल० एल० बी० वा राजनैतिक विज्ञान सम्मान लिएर गर्ने इच्छा राख्दछन् |
विधालयको माध्यमिक एवं उच्च माध्यमिक परिक्षामा विधार्थीहरुले उत्कृष्ट अंक लिएर सफलता हासिल गरेकोमा प्रधान अध्यापक एन० बी० छेत्रीले सबै शिक्षक - शिक्षिकाहरुलाई धन्यवाद दिएका छन् | प्रतिभाशील विधार्थी प्रदीप दियाली विधालयको औपचारिक शिक्षा देखि अन्य रेशेप् बजार स्थित डेस्टिनेशन कोचिंग सेन्टरको शिक्षक प्रयास योन्जन, शिक्षिका अन्जु खातीको क्षत्र छायाँमा अध्ययान क्रमलाई अझ गहिरो साथै बलियो बनाउन अग्रसर रहेका थिए | यो कोचिंग सेन्टरमा २०१२ सत्रमा जम्मा १६ जना विधार्थी थिए जसमा उच्च माध्यमिक परिक्षामा सबै उतीर्ण भएका छन् , माध्यमिकको २२ जना विधार्थी थिए जसमा पनि २१ जना उतीर्ण भएका छन् |

यसपाली उच्च माध्यमिक परीक्षामा सरस्वती हाई स्कूलको ९९ प्रतिशत विधार्थीहरु उतीर्ण भएका छन् भने सबै गरेर ६४ जना विधार्थीहरु परिक्षा बसेका थिए जस मध्ये ६३ जना विधार्थीहरु सफल भएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.