जीटीएको चुनाव छोडेर आन्दोलनको बाटोमा जानेछौ – रोशन गिरी
बिशेष प्रतिनिधी: कालेबुङ 9 जूनः गोर्खा जनमुक्ति मोर्चाले दिर्घ दिनदेखि प्रतिक्षा गरिरहेको हाईपावर कमिटिको
रिपोर्ट अन्तत: सार्बजनिकक भएको छ। लामो समय देखि पर्खिरहेको रिपोर्ट सार्बजिक बने
पनि प्रतिक्षा गर्ने राजनैतिक दल गोजमुमो पार्टीलाई भने उक्त रिपोर्ट पटक्कै
फलदायक हुन पुगेको छैन। किन भने मोर्चाले दाबी गरेको मोठ 396 वटा मौजाहरुबाट केवल
उक्त रिपोर्टमा पाँचवटा मौजाहरु गाभिने कुरा सिफारिस रहेको कारण उक्त रिपोर्टले
मोर्चाभित्र निकै खलबली मच्चाएको छ। गोजमुमोले दाबी गरेको मौजाहरु जीटीएमा एक
तिहाई समेत नगाभिने कुरा निश्चित बनेपछि आज गोजमुमो महासचिव रोशन गिरीले एउटा
राष्ट्रिय समाचार च्यानलसित बोल्दै हाईपावर कमिटिको रिपोर्टमा आफुहरु पटक्कै सन्तुष्ट
नबनेको दाबी गरे। तिनले कमसे कम हाईपावर कमिटिको रिपोर्टमा 150 वटा मौजाहरु
जीटीएमा गाभिन सक्ने रिपोर्ट आउँने आशा राखेको बताउँदै पाँचवटा मौजाहरुमात्र
गाभिने कुरा आफुहरुको निम्ति अपच्य रहेको तिनले बताए। यसै सम्बन्धमा तिनले
प्रतिक्रिया गर्दै हाईपावर कमिटिको रिपोर्ट आए पछि आगमी जुलाई महिनामा जीटीएको
चुनाव हुने मोर्चा अनि राज्य सरकारमाझ भएको सम्झौताको समेत पर्वाह नगर्दै अब
मोर्चाले जीटीएको चुनाव होईन आन्दोलनको बाटो अप्नाउँनेछ भनि स्पष्ट रुपमा बताए। यस
बिषयमा गोजमुमो केन्द्रिय समितिको बैठक चाँडै बसेर छलफल गर्ने बताउँदै चुनावको
बाटो त्याग्ने गिरीले स्पष्ट रुपमा बताएका छन। “पाँचवटा मौजाहरु
गाभिएर हामी सन्तुष्ट छैनौ, अब पुन: आन्दोलनको बाटोमा जानेछौ” – रोशन गिरीले
भने।
अर्कोतिर
आदिबासी बिकास परिषदबाट निस्कासित नेता तथा जोईन एक्सन कोअर्डीनेसन कमिटिका
अध्यक्ष जोहन बारलाले उक्त समाचार च्यानलसित कुराकानी गर्दै रोशन गिरीकै भाकामा
आफुहरु पनि आन्दोलनको बाटोमा जाने बताए। तिनले हाईपावर कमिटिको रिपोर्टमा आफुहरु
खुशि नरहेको बताउँदै पाँचवटा मौजा गाभेर समस्या समाधान हुँदैन भने। यसै सिलसिलामा
तिनले अब समस्याको समाधान गर्न तराई डुवर्सबाट छुट्टै राज्यको निम्ति आन्दोलन
गर्नेछौ भनि जोहन बारलाले थप बताए। तिनले हाईपावर कमिटिको रिपोर्ट तराई डुवर्सवासीहरुको
निम्ति घातक भयो भन्दै सम्पूर्ण गोर्खा आदिवासीहरुले जीटीएमा बस्न चाहँदा पनि किन
जीटीएमा गाभिएन भनि प्रश्न गरे। यसै क्रममा तिनले आबिप नेता बिर्सा तिर्की प्रति
बर्सिन्दै तिनलाई माकपाको क्याडर हो भनि आरोप लागाए। आफुहरुले जीटीएबारे तराई
डुवर्सका मानिसहरुलाई बुझाउँन चाहँदा पनि जनसभाको अनुमति नदिएर सरकारले अवहेलना
गरेको आरोप लगाउँदै अब समस्या समाधान गर्न सबै एक बनेर छुट्टै राज्यको आन्दोलनलाई
अघिबडाउँने तिनले स्पष्ट बताए।
Post a Comment
We love to hear from you! What's on your mind?